देश

ओली नहुँदा दाहालको अध्यक्षतामा सांगठनिक एकता र अन्य निर्णय

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) उपचारका लागि सिंगापुर जाँदैछन् । सत्तारुढ नेकपाको सचिवालय बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर गएका बेला अर्का अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा सांगठनिक एकता र अन्य निर्णय गर्ने तय गरेको छ ।  आज बिहान बसेको प्रधानमन्त्री निवास बालुवाटारमा बैठकले सांगठनिक एकताका बाँकी कामबारे छलफल भए पनि ठोस निर्णय नभएको र छिट्टै अध्यक्ष दाहाललेबैठक आह्वान गरी निर्णय लिइने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो।...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली आज सिंगापुर जाँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) उपचारका लागि सिंगापुर जाँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट फर्केको डेढ सातापछि पुन  उपचारका लागि सिंगापुर जाँदैछन् । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका ओली गत साउन १८ मा सिंगापुर गएर २७ गते फर्केका थिए । त्यसबेला उनले औषधिको मात्रा परिवर्तन गरेका थिए । त्यही औषधिको प्रभावबारे फलोअप गर्न जान लागेका हुन् । प्रधानमन्त्री ओलीले मंगलबार सर्वदलीय बैठकमा अन्य दलका शीर्ष नेताहरूलाई एउटा औषधिको डोज थप्नु वा...

पुरा पढ्नुहोस
कार्यसम्पादन मूल्यांकन गर्ने आधार तयार

काठमाडौं । सरकारले स्थानीय तथा प्रदेश सरकारमा समायोजन भएका कर्मचारीको कार्यसम्पादन मूल्यांकन गर्ने आधार तयार गरेको छ। यो खबर आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले लेखेका छन् । कर्मचारीको कार्यसम्पादन मूल्यांकनलाई वस्तुनिष्ठ, यथार्थपरक बनाउन कार्यसम्पादन मूल्यांकन गराउने आधार तयार पारेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको हो। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको अध्यक्षतामा हालै बसेको बैठकले सो आधारलाई स्वीकृत गरेलगत्तै सोही आधारमा कार्यसम्पादन मूल्यांकन गर्न मन्त्रालयले प्रदेशका मन्त्रालय, निर्देशनालय,...

पुरा पढ्नुहोस
नेपाल–भारत संयुक्त आयोगको बैठक आजदेखि शुरु

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक आज अपराह्नदेखि राजधानीमा प्रारम्भ हुँदैछ । द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित रहने उक्त बैठकमा नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा टेवा पुर्याउन मद्दत पुुग्नेगरी गहन विचारविमर्श हुनेछ । तीन वर्षपछि हुन लागेको उक्त बैठकमा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै जल, स्थल र हवाई मार्गबाट सम्पर्क सञ्जाल विस्तारका साथै पारस्परिक सम्बन्धमा विश्वास अभिवृद्धिका लागि हरप्रयास हुने परराष्ट्र मन्त्रालयले जनाएको छ...

पुरा पढ्नुहोस
भूमि सम्बन्धि आठौं संसोधन विधेयक पास

काठमाडौं । भूमि सम्बन्धि आठौं संसोधन विधेयक संघिय प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । भूमि सम्बन्धि आठौं संसोधन विधेयक २०७५ का सम्बन्धमा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदको क्रमसंख्या १ देखि १० सम्म उल्लेखित संशोधनसहित मंगलबार आज प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्विकृत भएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मावकुमारी अर्यालले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको भूमि सम्बन्धी (आठौं संशोधन)विधेयक २०७५ माथि छलफल गरियोग भनी संसदमा प्रस्ताव...

पुरा पढ्नुहोस
सार्वजनिक भयो आयोगको रणनीतिक योजना

काठमाडौँ । निर्वाचन आयोगले तेस्रो पञ्चवर्षीय रणनीतिक योजनाको मस्यौदा सार्वजनिक गरेको छ । नयाँ रणानीति अनुसार आउँदा निर्वाचनमा मतदानस्थलमै मतगणना गर्ने योजना प्रस्ताव गरेको छ । त्यस्तै,राजनीतिक दललाई खर्च दिने अनुदान प्रस्ताव गरिएको छ । हालसम्म स्थानीय तहको सम्बन्धित पालिकामा र प्रदेश तथा प्रतिनिधिसभाको मतगणना निर्वाचन अधिकृतको कार्यालयमा हुँदै आएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोकतन्त्रको सुदृढीकरणका लागि स्वच्छ, स्वतन्त्र, विश्वसनीय र मितव्ययी निर्वाचनको लक्ष्य राखेर तेस्रो पञ्चवर्षीय रणनीतिक...

पुरा पढ्नुहोस
वैदेशिक रोजगारीमा ठगी बढ्दै

काठमाडौं । वैदेशिक रोजगारीमा गत आर्थिक वर्ष ९६ करोड रुपैयाँ ठगी भएको छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०७५/०७६ मा ९५ करोड ८४ लाख ठगी भएको हो। अघिल्लो आवमा डेढ अर्ब ठगी भएको थियो। व्यक्तिगततर्फ ५६ करोड २१ लाख र संस्थागततर्फ ३९ करोड ६३ लाख ठगी भएको छ। ठगी बढ्दै गएपछि नियन्त्रण गर्न सरकारले अनुगमन संयन्त्र प्रभावकारी बनाउने भएको छ। वैदेशिक रोजगारीमा ठगी नियन्त्रण गर्न सरकारले विगतदेखि नै पहल थाले पनि...

पुरा पढ्नुहोस
लोकतन्त्र रक्षाका लागि सरकार मैदानमा उत्रन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दे प्रधानमन्त्री केपी शर्माले  राजसंस्थाको वकालत गर्नेहरुको सडकमा चलखेल बढेको भन्दै ज्यूँदै फालेको राजसंस्था उल्टाउने सपना नदेख्न चेतावनी दिएका छन् । प्रतिगमनकारीहरुले सरकार अधिनायवाद तर्फ गयो भन्दै जनतामा अविश्वास, निरासा र भ्रम फैलाउने काम गरेको भन्दै उनले लोकतन्त्र रक्षाका लागि सरकार मैदानमा उत्रने बताए । उनले भने, ती शक्तिहरु जीउँदै हुँदा तीनलाई हामीले ठेगान लगाएका हौ । अहिले चिहानमा गएर हड्डी फुकेर त्यो संस्था फर्काउछु...

पुरा पढ्नुहोस
एसइईको पूरक (ग्रेड बृद्धि) परीक्षा आजबाट शुरु

काठमडौं । माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक (ग्रेड बृद्धि) परीक्षा आजबाट शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज बिहान ८ बजेबाट देशभरका ३०४ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा शुरु गरेको छ । करीब एक लाख ५० हजार परीक्षार्थी परीक्षामा  सहभागी भएको परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिनुभएको छ । आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भएको छ ।सबैभन्दा धेरै गणित विषयमा एक लाख...

पुरा पढ्नुहोस
अपाङ्गतालाई शिक्षा निःशुल्क हुनुपर्ने माग

काठमाडौँ । अपाङ्गता अधिकारकर्मीले अपाङ्गता भएका व्यक्तिलाई राज्यले शिक्षा निःशुल्क गरी व्यावहारिक रुपमै कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । युथ एड्भोकेशी नेपाल९यान० र सोच नेपाललगायतका सङ्घ÷संस्थाद्वारा आयोजित दोस्रो युवा अधिकार मेघा मिट–२०७६ अन्तर्गत ‘समावेशी शिक्षाको अवसर र चुनौती’ विषयक आजको अन्तरक्रियामा अपाङ्गा अधिकारकर्मीले शारीरिक अपाङ्गता भएका व्यक्ति, दृष्टिविहीन, सुन्नमा समस्या भएका व्यक्ति तथा सबै प्रकृतिका अपाङ्गता भएका व्यक्तिको शिक्षामा राज्यले लगानी गर्नुपर्ने माग गरेका हुन । नेपालको पछिल्लो जनगणनाअनुसार अपाङ्गता भएका...

पुरा पढ्नुहोस