प्रमुख समाचार

मोटरसाइकल दुर्घटना हुदाँ चालकको मृत्यु

बुटवल । रुपन्देहीको  ढवाहामा सवारी दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल १२ ढवाहामा आज) दिउसो दुर्घटना भएको हो । मुख्य राजमार्गबाट दक्षिण तर्फ जादैँ गरेको लु २ च ३२६ नम्बरको मालसमान बोक्ने गाडि (छोटा हात्ती) लाई पश्चिमबाट पुर्वतर्फ जादै गरेको लु ३२ प ५००१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भटटराईका अनुसार  दुर्घटनामा परि मोटरसाइकल चालक...

पुरा पढ्नुहोस
जम्मा २१ सय रुपैयाँमा भव्य विवाह !

गुल्मी । ‘जम्मा २१ सय रुपैयाँ भेटी दिएर हजारौँ भक्तजनलाई जन्ती बनाउँदै बाजागाजासहित भब्य विवाह सम्पन्न गर्दै  । यही भदौ २८ देखि असोज १७ गतेसम्म रुरु क्षेत्रमा‘ऐतिहासिक रुरु धार्मिक तथा सांस्कृतिक तुलादान महोत्सव एवं संगीतमय लीलामय श्रमद्भागवत पितृमोक्ष विराट ज्ञान महायज्ञ– २०७६’ आयोजना हुने भएको छ । महायज्ञमा मुलुकी संहिता २०७४ ले तोकेअनुसार उमेर पुगेका जोडीहरुले जम्मा २१ सय रुपैयाँ दानगरी बाजागाजासहित विवाह गर्न पाउने व्यवस्था समेत गरिएको छ । महाराज...

पुरा पढ्नुहोस
नयाँ बस पार्कमा पुरुषको शव फेला

नवलपरासी । नवलपरासीको  नयाँ बस पार्कमा नजिकै नालीमा डुवेको अवस्थामा अन्दाजी ३५ बर्षिय पुरुषको शव फेला  परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार रामग्राम–५ ड्राइभर टोल बस्ने रमेश हरिजनको शव रहेको पहिचान खुलेको छ । सोही क्षेत्रमा देखिदैँ आएका उनी हिजो दिउँसो मृत्त फेला परेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । उनको शव पोष्टमार्टमका लागि जिल्ला पृथ्वीचन्द्र अस्पताल परासीमा लगिएको छ ।  घटनाबारे  थप अनुसन्धान भईरहेको प्रहरी कार्यालय नवलपरासीले जनाएको...

पुरा पढ्नुहोस
जीप दुर्घटनामा पत्रकार डायलसन अधिकारीको मृत्यु

बुटवल । सप्तरीको कञ्चनरुप गाउँपालिकामा जीप दुर्घटना हुँदा लामो समय देखि रुपन्देहीमा पत्रकारिता क्षेत्रमा काम गर्दै आउनुभएका  पत्रकार डायलसन अधिकारीको मृत्यु भएको छ र अन्य चार जना दुर्घटनामा घाइते भएका छन् । बा १६ च २२३५ नम्बरको जीप शनिबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका ११ मा बक्साहामा दुर्घटना भएको थियो । रुपन्देहीको तिलोत्तमा नगरपालिका- ३ का ३५ वर्षीय अधिकारी रेडियो नेपालमा कार्यरत पत्रकार हुनुहुन्थ्यो । घाइतेमध्ये चालक अशोक भण्डारीको अवस्था गम्भीर...

पुरा पढ्नुहोस
जनता आवास कार्यक्रममा ४७ घर निर्माण

गुल्मी । जिल्लामा जनता आवास कार्यक्रमअन्तर्गत दुई निर्वाचन क्षेत्रमा ४७ घर निर्माण सुरु भएको छ । दुई निर्वाचन क्षेत्रका चार प्रदेश सांसदलाई घर भागवण्डा गरी घर निर्माण कार्य सुरु भएको हो । जिल्लामा प्रमुख जिल्ला अधिकारीको रोहवरमा सहरी विकास तथा भवन कार्यालयले छनोट समिति बनाएको छ । क्षेत्र नं १ का दुई प्रदेश सांसद सुर्दशन बराल र कमलराज श्रेष्ट, क्षेत्र नं २ का प्रदेश सांसद खडक केसीलाई १२/१२ वटा घर परेका छन् । क्षेत्र...

पुरा पढ्नुहोस
प्यूठान बाख्रा व्यवसायी गठन

प्यूठान । जिल्लामा छरिएर रहेका बाख्रा व्यवसायीहरु एकढिक्का भई आफ्नो अवसर, चुनौती तथा समस्याहरुलाई निराकरण गर्ने उदेश्यले आज बाख्रा व्यवसायीहरुको प्रथम भेला भएको छ । जुम्रीमा भएको भेलाले राम बहादुर एमसीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो । जसको उपाध्यक्षमा डोरी रोका, सचिव केशव केसी र कोषाध्यक्षमा विनोद खड्का सर्वसम्मत निर्वाचित भएका छन् । बाख्रा व्यवसायी जिल्ला संघको सदस्याहरुमा पूर्णन सिंह भण्डारी, पदम बहादुर केसी, देविराम रेश्मी मगर, भुवन...

पुरा पढ्नुहोस
स्कुटी ठोक्किँदा २ जना घाइते

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा ४ बुङ्चीमा भएको दुर्घटनामा परेर २ जना युवा घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ  जाँदै गरेको लु ३७ प २५६४ स्कुटी र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु ४६ प ९००५ नं स्कुटी एक आपसमा ठोकिँदा स्कुटी चालक वाणगंगा नगरपालिका वडा नं ६ भग्लापुर निवासी वर्ष ३५ का शेखर भुषाल र सोही स्थान मनहरापुरका वर्षीय २९ का जयसराम चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।  घाइतेहरुलाई सिएण्डसी अस्पताल...

पुरा पढ्नुहोस
प्रधानाध्यापकसहित २ जना पक्राउ

परासी ।  पश्चिम नवलपरासीबाट रु ६५ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुन्धान आयोगले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय रहेका छन् ।  शिक्षकको सरुवा सहमति र रमना मिलाइ दिएबापत उनीहरुले घुस लिएका अख्तियार आयोग कार्यालयका सूचना अधिकारी सुरेश भुसालको भनाई छ । अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले बिहीबार परासीस्थित ‘लुम्बिनी प्लस’को...

पुरा पढ्नुहोस
पहिरो प्रभावित विद्यालयमा प्रार्थना गरेर बिदा

गुल्मी । गुल्मी सत्यवती गाउँपालिकाका सबै विद्यालय बुधबार खुले । तर, अध्ययनको वातावरण नभएपछि धर्मपुर मावि, पुष्पमोहन प्रावि र सरस्वती माविमा प्रार्थना गरेर पुनः बिदा गरिएको छ । विद्यालयको कक्षा कोठाभरि पहिरो प्रभावित परिवार, मैदानमा विद्यार्थी । पहिरो प्रभावित क्षेत्रका विद्यार्थीहरूको झोलामा किताब कापी मात्रै थिएनन् । त्यो सँगै मन र मस्तिष्कमा वेदना बोकेका थिए । ‘बर्खे बिदा भएको नौ दिनमा गाउँमा प्राकृतिक विपत्ति पर्यो,’ सिङदी गाउँका विनोद विकले भने, ‘अहिले गाउँ घर र मन...

पुरा पढ्नुहोस
लोडसेडिङले पीडित, ध्यानाकर्षण पत्र

रूपन्देही  । हावाहुरी र पानी पर्दा विद्युत् अवरुद्ध हुनु स्वाभाविक भए पनि जथाभावी लाइन काटन थालेपछि समस्या देखिन्छ ।  अघोषित लोडसेडिङले पीडित बनेपछि सैनामैनाका स्थानीय बासिन्दा, उद्योगी र व्यवसायीले विद्युत् प्राधिकरण बुटवलमा बुधबार ध्यानाकर्षण पत्र बुझाएका छन् । अघोषित लोडसेडिङले व्यावसायिक प्रयोजनका लागि राखिएकाविद्युतीय सामग्री बिग्रिन थालेको भन्दै उनीहरूले ध्यानाकर्षणगराएको बताए । रूपन्देही व्यापार संघका सल्लाहकार रणबहादुर खनालले जानकारीबिना विद्युत् कटौती हुन थालेपछि साना तथा ठूला उद्योगी मर्कामा परेको बताए । ‘छिनछिनमा लाइन जान...

पुरा पढ्नुहोस