अन्तराष्ट्रिय

न्यू क्यालेडोनिया फ्रान्सकै भू–भाग रहने

फ्रान्स । न्यू क्यालेडोनिया फ्रान्समा रहने वा टुक्रिएर स्वतन्त्र बन्ने भन्ने विषयमा भएको जनमत सङ्ग्रहको परिणाम एकीकृत फ्रान्सको पक्षमा आएको छ । मुख्य भू–भागबाट झण्डै १८ हजार किलोमिटर टाढा रहेको उक्त क्षेत्र फ्रान्सबाट छुट्टिन हुन्न भन्ने पक्षमा जनमतसङ्ग्रमा ५६.४ प्रतिशत नागरिकले मतदान गरेका थिए । त्यो भूमिमा एक लाख ७५ हजार नागरिकको बसोबास रहेको छ । उक्त क्षेत्रमा पछिल्लो समय चीनको बढ्दो प्रभाब छ । फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँनले मत परिणाम...

पुरा पढ्नुहोस
अमेरिकी सैनिकको हत्या

काबुल । अफगानिस्तानमा आन्तरिक हमलामा परी शनिबार एकजना अमेरिकी सैनिकको मृत्यु भएको भने अर्का एकजना घाइते भएको नेटोले जनाएको छ । तीन हप्ताभित्रको अवधिमा भएको यो आक्रमणको कसैले जिम्मेवारी लिएको छैन । युद्धग्रस्त अफगानिस्तानको सेनालाई हाल तालिम र परामर्श सेवा उपलब्ध गराउन तैनाथ विदेशी सैनिकमाथि अफगानी सैनिकबाटै आक्रमण हुने गरेको छ । पश्चिमी प्रान्त हेरातमा गत अक्टोबर २२ तारिखका दिन र दक्षिणी प्रान्त कान्दाहारमा अक्टोबर १८ तारिखका दिन भएका आक्रमणहरुको जिम्मेवारी...

पुरा पढ्नुहोस
फ्रान्समा जनमत संग्रह

फ्रान्स । फ्रान्समै रहिरहने वा स्वतन्त्र हुने भन्ने विषयमाथि हुन लागेको जनमत संग्रह अन्तर्गत प्रशान्त द्धीप क्षेत्र न्यू क्यालेडोनियामा मतदान भएको छ । कानाक आदिवासी पृथकतावादीहरूको एउटा हिंसात्मक आन्दोलनपछि दुई दशकअघि भएको सहमति अनुसार जनमत संग्रह गरिएको हो । तरपनि जनमत सर्वेक्षणहरूले धेरै मतदाताले स्वतन्त्रतालाई अस्वीकार गर्न सक्ने देखिएको अधिकारीहरुले बताएका छन् । सन् १९९८ मा भएको सहमति अनुसार जनमत संग्रहको विपक्षमा नतिजा आए सन् २०२२ अघि थप दुई पटक जनमत...

पुरा पढ्नुहोस
झगडाले बस दुर्घटना: १३ को मृत्यु

एजेन्सी । चीनमा एउटा नदीमा दुर्घटनाग्रस्त भएको बसमा रहेको सुरक्षा क्यामेराको फुटेजमा बस दुर्घटना हुनु एकछिन अघिसम्म ड्राइभर एकजना यात्रुसँग झगडा गरिरहेको भेटिएको छ । उक्त यात्रुवाहक बस आइतबार पचास मिटर उचाइमा रहेको पुलबाट चोङकिङस्थित यान्जे नदीमा खस्दा कम्तिमा १३ जना मानिसको ज्यान जानुका साथै अन्य २ जना बेपत्ता भएका थिए। यसअघि उक्त दुर्घटनाको अनुसन्धानमा लागेको टोलिले विपरीत दिशाबाट आइरहेको सवारी साधनसँग ठोकिनबाट जोगिँदा बस नदीमा खसेको जनाएको थियो। तर नयाँ...

पुरा पढ्नुहोस
सुरक्षा कारबाहीमा १८ लडाकू मारिए

कायरो । इजिप्टका सुरक्षाकर्मीहरुले गरेको सुरक्षा कारबाहीमा परी यहाँका १८ लडाकू मारिएका छन् । देशको उत्तरी र मध्य सिनाइमा भएको आतङ्कवाद विरुद्धको कारबाही अभियानका क्रममा केही दिन अघि उनीहरु मारिएको अधिकारीहरुले जनाएका छन् । इजिप्टका सैन्य प्रवक्ताले बिहीबार भन्नुभयो, “एरिसको उत्तरी सिनाइमा भएको सुरक्षा कारबाहीमा दश जना लडाकू मारिएका छन् ।” घटनास्थलबाट अरु १२९ जनालाई गिरफ्तार गरिएको र विस्फोटक पदार्थहरु पनि नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो । त्यसैगरी उत्तर र मध्य सिनाइमा अन्य...

पुरा पढ्नुहोस
जापानमा नयाँ मस्यौदा विधेयक स्वीकृत

टोकियो । विदेशी कामदारलाई जापानमा आकर्षित गर्ने उद्देश्यले जापानको मन्त्रिपरिषदले शुक्रबार नयाँ मस्यौदा विधेयक स्वीकृत गरेको छ । श्रमिक कामदारको अभाव झेलिरहेको जापानले यो विवादास्पद विधेयक स्वीकृत गरेको बताइएको छ । उक्त मस्यौदा विधेयक छलफलका लागि संसदमा प्रस्तुत गरिने जापानको मन्त्रिपरिषद सचिवालयले जनाएको छ । विधेयकमाथि विपक्षी दल सहित प्रधानमन्त्री शिन्जो आबेको दलका सांसदले समेत विरोध गरेका छन् । जापानी उद्योगी एवं व्यवसायीहरुले यो अत्यावश्यक रहेको भन्दै प्रधानमन्त्रीको कदमको स्वागत गरेका...

पुरा पढ्नुहोस
पत्रकार खशोग्जीको घाँटी रेटेर हत्या भएको दावी

टर्कीले साउदी पत्रकार जमाल खशोग्जीको घाँटी रेटेर हत्या भएको दावी गरेको छ । खशोग्जीको हत्या कसरी भयो भन्ने बारे विभिन्न अडकलबाजी चलिरहँदा टर्कीले आफ्नो दावी सार्वजनिक गरेको छ । वाणिज्य दूताबास प्रवेश गर्ने वित्तिकै उनको घाँटी रेटेर हत्या गरेको दाबी टर्कीको छ । गत अक्टोबर २ मा इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूताबासमा भएको खशोग्जीको हत्याबारे कयौं हप्तासम्म संचार माध्यममा आएका विभिन्न विवरणभन्दा टर्कीले फरक बयान सार्वजनिक गरेको हो । टर्कीले खशोग्जीको...

पुरा पढ्नुहोस
हेलिकप्टर दुर्घटनामा २५ जनाको मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा बुधबार अफगान सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनामा हेलिकप्टरमा सवार सबै २५ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले बताएका छन् । इरानसँगको सीमा जोडिएको फराह प्रान्तका गभर्नरका प्रवक्ता नासिर मेहरीले अनार डारा जिल्लामा खराब मौसमका कारण हेलिकप्टर दुर्घटनाग्रस्त भएको जानकारी दिनुभयो । हेलिकप्टरमा चालक दलका दुई सदस्य र अन्य २३ व्यक्ति सवार रहेको पनि मेहरीले बताउनुभयो । त्यो हेलिकोप्टर आफ्ना लडाकूले खसालेको तालिबानले दाबी गरेको...

पुरा पढ्नुहोस
इटालीमा आँधी: ११ जनाको मृत्यु

एजेन्सी । इटालीमा तीव्र गतिमा आएको हावा र पानीका कारण ११ जनाको ज्यान गएको छ । इटालीको पश्चिम र उत्तरी क्षेत्रमा प्रतिघण्टा १ सय ८० किलोमिटरको गतिमा चलेको हावाका कारण रुखहरु ढलेका छन् । यातायात र बिजुली आपूर्ति समेत रोकिएको छ । भेनाइस सहर ७५ प्रतिशत डुबानमा परेको बीबीसीले जनाएको छ । त्यहाँका मौसमविद्ले अझै केहिदिन मौसम खराब हुने अनुमान गरेका छन् । दक्षिणी तथा मध्य यूरोपका अधिकांश क्षेत्रमा खराब मौसमका कारण...

पुरा पढ्नुहोस
पत्रकार र २ प्रहरी जवानको मृत्यु

 भारत । भारतमा सक्रिय नक्सलवादीको आक्रमणमा एकजना पत्रकार सहित केन्द्रीय प्रहरी बल (सीआरपीएफ) का दुईजना जवानको मृत्यु भएको छ । मारिएका पत्रकार भारतीय टेलिभिजन संस्था दूरदर्शनका क्यामरापर्सन रहेका छन् । दूरदर्शनको टोली र गस्तीमा रहेको प्रहरीको टोलीमाथि अरानपुर जिल्लामा आक्रमण गरिएको प्रहरीले जनाएको छ । आक्रमणमा दुईजना प्रहरी घाइते भएका र उनीहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । प्रहरीले उक्त स्थानमा खोजी अभियान सुरु गरिसकेको वरिष्ट प्रहरी अधिकारी पी...

पुरा पढ्नुहोस