अन्तराष्ट्रिय

सन् २०१८ मा तेस्रो विश्वयुद्ध हुन सक्ने सम्भावना

बुटवल, पुस । नयाँ वर्षको शुभारम्भमा उत्तर कोरियाली शासक किम जोंगले अमेरिकामाथि परमाणु हमला गर्ने धम्की दिएपछि तेस्रो विश्वयुद्धको आशंका बढाइदिएको छ । करिब साढे चार सय वर्षअघि फ्रान्सको १६ औं (१५०३-१५६६) शताब्दीका चर्चित भविष्यवक्ता नास्त्रेदमसले पनि सन् २०१८ मा तेस्रो विश्वयुद्ध सुरु हुने भविष्यवाणी गरेका थिए । उनले सन् २०१८ मा भीषण प्राकृतिक विपत्ति आउनसक्ने, अर्थव्यवस्था तहसनहस हुनसक्ने र तेस्रो विश्वयुद्ध सुरु हुने बताएका थिए । नास्त्रेदमसको भविष्यवाणी पहिले पनि...

पुरा पढ्नुहोस
दक्षिण कोरियामा कामदारको तलबमा वृद्धि

दक्षिण कोरिया, पुस। दक्षिण कोरियामा कामदारको तलब वृद्धि भएको छ । सन् २०१८ का लागि सरकारले तलबमा १६.४ प्रतिशतले वृद्धि गरेको छ । जुलाईको अन्तिममा ज्याला निर्धारण समितिको बैठकले तलब बढाउने निर्णय गरेको थियो । गत अगस्टमा मन्त्रीपरिषदले अनुमोदन गरेको ज्यालादर नयाँ वर्षसँगै लागु हुनेछ । निर्धारित नयाँ पारिश्रमिक अनुसार कामदारको तलब प्रतिघण्टा ७५३० कोरियन वन भएको छ । दैनिक आठ घण्टाको न्यूनतम तलब १५ लाख ७३ हजार ७७० वन भएको...

पुरा पढ्नुहोस
आगलागी हुँदा युवतीसहित १४ जनाको मृत्यु

मुम्बई, पुस  । जन्मदिनमा लामो आयुको कामना गरिन्छ । तर त्यही जन्मदिन उत्सवले धेरैको ज्यान लिन्छ भन्ने कसैले कल्पना गरेको हुँदैन्। तर मुम्बईको लोअर परेल क्षेत्रमा भने जन्मदिन पार्टीले धेरैको ज्यान लिएको छ। मुम्बईको लोअर परेल क्षेत्रमा शुक्रबार एउटा भवनमा आगलागी हुँदा २८ औं जन्मदिन उत्सव मनाइरहेकी युवतीसहित १४ जनाको ज्यान गएको हो। मृत्यु हुनेमा अधिकांश रमाइलो गर्न भेला भएका महिला छन्। लोकप्रिय कमला मिल्स रेष्टुराँ र किनमेल केन्द्र रहेको...

पुरा पढ्नुहोस
मलेसियामा कामदारले लेबी तिर्नु नपर्ने नियम नयाँ वर्षदेखि लागू

मलेसिया, पुस । मलेसियामा कामदारहरुले अब लेबी तिर्नु नपर्ने भएको छ । अब सन् २०१८ देखि रोजगारदाता कम्पनीहरुले नै कामदारको लेबी व्यहोर्नेछन् । मलेसिया सरकारले रोजगारदाताले नै लेबी तिर्नुपर्ने निर्णय गत वर्ष नै गरेको थियो । सो निर्णय १ जनवरी २०१८ देखि लागू हुने मलेसियाको मानव संशाधन मन्त्रालयले जानकारी दिएको छ । मलेसियाको यो निर्णयबाट नेपाली कामदारहरु पनि प्रत्यक्ष लाभान्वित हुने भएका छन् । मलेसिया नेपालीहरुको वैदेशिक रोजगारीको एउटा प्रमुख गन्तव्य हो...

पुरा पढ्नुहोस
बङ्लादेशमा डुङगा दुर्घटना हुँदा आठ जना रोहिङ्ग्याको मृत्यु, ४० बेपत्ता

फाइल फोटो ढाका, ३१ असोज । म्यानमारसँगको दक्षिणपुर्वी सिमानामा पर्ने बङ्गलादेशको बङ्गालमा भएको डुङ्गा दुर्घटनामा परी मृत्यु भएका रोहिङ्ग्या मध्ये अहिले सम्म आठ जनाको शव भेटिएको प्रहरीले जनाएको छ । स्थानीय प्रहरी अधिकृत मोहम्मद अस्राफुज्जामानले भने, ‘भेटिएका शवहरु मध्ये चार ओटा बालबालिका र चार ओटा महिलाका रहेका छन् ।’ दुर्घटनामा परी अरु ४० जना हराइरहेको उनले बताए । उनले डुङ्गा कतिवेला दुर्घटना भएको हो भन्ने बारेमा स्पष्ट...

पुरा पढ्नुहोस