अन्तराष्ट्रिय

अमेरिकाको ओहायोमा अर्को गोलीकाण्ड

वासिङ्टन । अमेरिकाको ओहायो राज्यस्थित डेटनमा आइतबार बिहानीपख एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले गोली चलाउने व्यक्तिको मृत्यु भएको बताएको छ । गोलीकान्डमा अरु १६ जना घाइते भएका र उनीहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ । यस घटनाको विस्तृत विवरण आउन बाँकी छ । यसअघि अमेरिकाको टेक्सासमा शनिबार भएको गोलीकान्डमा कम्तीमा २० जनाको मृत्यु भएको थियो । रासस / एएफपी ...

पुरा पढ्नुहोस
फिलिपिन्समा डुङ्गा दुर्घटना: २५ को मृत्यु

मनिला ।  फिलिपिन्सको मध्य क्षेत्रमा पर्ने दुईवटा प्रान्तका सामुद्रिक तटनजिकै डुङ्गा दुर्घटना हुँदा   २५ जनाले ज्यान गुमाएका छन् । प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुका अनुसार  इलोइलो र गुईमारासमा हिजो शनिबार ३ वटा डुङ्गा दुर्घटना हुँदा २५ जनाले ज्यान गुमाएका हुन् । दुर्घटनामा थप ६ जना अझै हराइरहेकाले उनीहरुको खोजी जारी रहेको अधिकारीहरुले जनाएका छन् । इलोइलोबाट गुईमारासतर्फ गइरहेका बेला आँधी आएपछि ३ घण्टाको अवधिमा तीनवटा डुङ्गा पल्टिएको जनाइएको छ। आँधी, छाल र बर्षाका कारण...

पुरा पढ्नुहोस
महिलालाई लगाइएको प्रतिबन्धको अन्त्य

रियाद । साउदी सरकारले लामो समयदेखि महिलालाई लगाइएको प्रतिबन्धको अन्तर्राष्ट्रिय आलेचनापछि यसको अन्त्य गरेको छ । बिहीबार जारी शाही आदेश अनुसार २१ वर्ष पुगेका युवतीले पुरुष अभिभावकको सहमति नभए पनि राहदानी प्राप्त गर्नका लागि आवेदन दिन सक्ने सरकार समर्थक समाचार पत्र ओकाज र अन्य स्थानीय सञ्चार माध्यमले जनाएका  छन्। बिहीबार भएको सरकारी निर्णय अनुसार २१ वर्ष पुगेका युवतीले स्वतन्त्र रुपमा विदेश यात्रा र्नेर्न बाटो खुलेको छ। राहदानीका लागि आवेदन दिन र एक्लै...

पुरा पढ्नुहोस
आक्रमणमा १९ सैनिक मारिए

यमन । दक्षिण यमनमा रहेको एक सैन्य शिवीरमा शुक्रबार अल कायदा लडाकू समूहले गरेको एक आक्रमणमा परी १९ सैनिकको मृत्यु भएको छ। सरकारको नियन्त्रणमा रहेको यमनको दोस्रो ठूलो शहर एडेन रहेको एक सैन्य शिविरनजिकै विद्रोहीको आक्रमण भएको एक दिन पछाडी पुनः अल कायदाको आक्रमण भएको छ। यस आक्रमण्मा परी कम्तीमा ४७ यमनी प्रहरीको मृत्यु भएको थियो। मारिएका ती प्रहरीहरु प्राय नयाँ भएका जनाइएको छ। यस आक्रमणमा परी दर्जनौं प्रहरी जवान घाइते...

पुरा पढ्नुहोस
चिनियाँ सामानमा करवृद्धि गर्ने अमेरिकी घोषणा

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने थप ३०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा १० प्रतिशत करवृद्धि गर्ने घोषणा गर्नुभएको छ । चीनसँगको व्यापार वार्तामा चीनले अलमल गरिरहेको भन्दै राष्ट्रपति ट्रम्पले आगामी सेप्टेम्बर १ तारिखदेखि लागू हुनेगरी करवृद्धिको घोषणा गर्नुभएको हो । राष्ट्रपति ट्रम्पले चीनले तत्काल कुनै कदम नचाले १० प्रतिशत करवृद्धिलाई अझ बढाउने चेतावनी पनि दिनुभएको छ । अमेरिकी घोषणासँगै विश्वका दुई प्रमुख अर्थतन्त्र भएका मुलुकहरु चीन र...

पुरा पढ्नुहोस
बम आक्रमणमा २ प्रहरी अधिकारी मारिए

अफगानिस्तान । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको एक बम आक्रमणमा परी दुई प्रहरी अधिकारी मारिएका छन्। उक्त घटनामा तीन जना घाइते भएको गृह मन्त्रालयको स्रोतले जनाएको छ। अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ताले दिएको जानकारीअनुसार काबुलको एक प्रहरी चौकीलाई लक्ष्य गरेर सो बम राखिएको थियो। राजधानी काबुलको पञ्जसाद भन्ने स्थानमा रहेको एक प्रहरी चौकीलाई लक्ष्य गरेर राखिएको बम विस्फोट भएर त्यस चौकीमा कार्यरत दुई जना प्रहरी अधिकारी मारिएका छन्। स्थानीय समयानुसार बिहीबार विहान...

पुरा पढ्नुहोस
एयरलाइन्सको नाफा ३२ प्रतिशत घट्यो

टोकियो । जापानको राष्ट्रिय ध्वजाबाहक जापान एयरलाइन्सको पहिलो त्रैमासिकको खूद नाफा करिब ३२ प्रतिशतले घटेको छ । इन्धनको मूल्य वृद्धि र अमेरिका–चीनबीचको व्यापार युद्धपछि कार्गो ढुवानीमा आएको मन्दीका कारण नाफा घटेको जापान एयरलाइन्सले जनाएको छ । अप्रिल–जुन महिनाको अवधिमा जापान एयरलाइन्सको नाफामा कमी आई १२ अर्ब येन (जापानी मुद्रा० भएको छ । अघिल्लो वर्ष करिब १८ अर्ब खूद नाफा थियो । तर बिक्रीमा भने ४ प्रतिशत सुधार आएर तीन खर्ब...

पुरा पढ्नुहोस
गोली चल्दा २ जनाको मृत्यु

वासिङटन । अमेरिकाको मिसिसिपी राज्यको साउथाभेनको एक पसलमा मङ्गलबार बिहान गोली चलेको छ । अज्ञात व्यक्तिले गरेको सो गोली प्रहारबाट दुई जनाको ज्यान गएको छ भने एक प्रहरी अधिकृत घाइते भएका छन् । पसलमा ग्राहक बनी आएका एक व्यक्तिले पसलका कर्मचारीमाथि गोली चलाएका प्रहरीले जनाएको छ । त्यस गोलीकाण्डमा परी मारिएकामा पसलका दुई कर्मचारी रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । त्यस घटनाका दोषी एक जनालाई प्रहरीले गोली हानी घाइते बनाएर नजिकैको अस्पताल...

पुरा पढ्नुहोस
ट्रिपल तलाकसम्बन्धी कानुन पारित

भारत । भारतले मुस्लिम पुरूषले आफ्नी श्रीमतीलाई तीन पटक तलाक भनेर सम्बन्ध विच्छेदलाई गरे अपराध हुने कानुन पारित गरेको छ। भारतको माथिल्लो सदन राज्यसभाले मंगलबार ट्रिपल तलाकसम्बन्धी कानुन पारित गरेको हो। अब कुनै पुरूषले ट्रिपल तलाक भनेर सम्बन्धविच्छेद गरे तीन वर्षसम्म जेल सजाय हुनेछ। ‘एउटा पुरातन र मध्यकालीन अभ्यासलाई अन्ततस् इतिहासको फोहोर टोकरीमा फालिएको छ,’ विधेयक पारित भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने,‘संसदले ट्रिपल तलाकलाई उन्मुलन गरेर मुस्लिम महिलामाथि भएको ऐतिहासिक गल्तीलाई...

पुरा पढ्नुहोस
नाइजेरिया घटनाप्रति निन्दा

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नाइजेरियामा भएको सर्वसाधारण नागरिकमाथिको साङ्घातिक हमलाको निन्दा गर्नुभएको छ । हालैमात्र नाइजेरियामा भएको आतंककारी हमलामा परी कम्तीमा पनि ६५ जना सर्वसाधारणको ज्यान गएको थियो । सर्वसाधारणको यसरी ज्यान लिनु मानवमाथिको जघन्य अपराध भएको उहाँले सोमबार एक विज्ञप्ति प्रकाशन गरी बताउनुभएको छ । उहाँका उपप्रवक्ता फहरान हकले प्रकाशन गर्नुभएको विज्ञप्तिमा यस्तो आतंककारी हमला गरी सर्वसाधारणको ज्यान लिने कार्य अन्तर्राष्ट्रिय कानुनको हनन् तथा मानवताविरोधी ठूलो...

पुरा पढ्नुहोस