अन्तराष्ट्रिय

पहिरोमा परी मृत्यु हुनेको संख्या २९

याङ्गुन । अत्याधिक वर्षासँगै आएको पहिरोको कारण म्यानमारमा मृत्यु हुनेको संख्या २९ पुगेको छ। देशको मोन राज्यमा शुक्रबार भएको घटनामा मृत्यु हुनेको संख्या बढेर शनिबार विहानसम्ममा २९ पुगेको हो। आज विहान मात्रै थप सात शव भेटिएको छ, अरु ४७ भन्दा बढी घाइते भएका छन्, पाउङका प्रशासक उ जाव मोए औङले शनिबार बताए। लगातारको वर्षाका कारण पहाडी यस क्षेत्रमा ठूलो पहिरो गएको थियो। पहिरोले स्थानीय बासिन्दाका घर बगाउनुका साथै धेरै भौतिक संरचनामा...

पुरा पढ्नुहोस
इराकबाट ४६ कुवेतीको शव फिर्ता

कुवेत । कुवेतलाई कब्जा गर्न भएको इराकी अतिक्रमणका क्रममा इराकमा बेपत्ता पारिएका ४६ जना कुवेती नागरिकको शव बिहीबार कुवेतलाई फिर्ता गरेको छ । उनीहरु सन् १९९१ मा कुवेतमाथि भएको इराकी हस्तक्षेप र अमेरिकी अग्रसरतामा भएको युद्धका क्रममा बेपत्ता भएका थिए । इराकी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी इराकी अधिकारीहरुले रेडक्रसको सहयोगमा इराकमा बेपत्ता भएका तर इराकमै मारिएका कुवेतीको अवशेष फिर्ता गरिएको उल्लेख गरेको छ । इराकले बेपत्ता कुवेतीसम्बन्धी सम्पूर्ण...

पुरा पढ्नुहोस
१२२जना मेक्सिकन पक्राउ

 अमेरिका ।अमेरिकाको मिसिसीपी राज्यमा केही दिनयता गरिएको खोजी अभियानका क्रममा कम्तीमा पनि १२२जना मेक्सिकन पक्राउ परेका छन् । मेक्सिकोको विदेश मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत सो जानकारी गराएको समाचारमा जनाइएको छ । उक्त राज्यका विभिन्न खाद्यान्न प्रशोधन केन्द्रहरुमा अमेरिकी प्रहरीले गरेको खोजी अभियानका क्रममा ती अवैध रुपमा काम गरिरहेका आप्रवासीहरुलाई नियन्त्रणमा लिइएको प्राप्त समाचारमा जनाइएको छ । मेक्सिकोको विदेशमन्त्री मार्सेलो एबराडले केही समयअघि १०७ जना मेक्सिकन अमेरिकाको मिसिसीपीमा पक्राउ परेका जानकारी दिनुभएको थियो...

पुरा पढ्नुहोस
६ बालबालिकाको शव पोखरीमा

चीन । चीनको मध्य क्षेत्रमा रहेका प्रान्त हेनानको जेङजाओ भन्ने स्थानमा छ जना बालबालिकाको डुबेर ज्यान गएको छ । उनीहरुको शव पोखरीमा डुबेको अवस्थामा भेटिएको बिहीबार त्यहाँबाट प्राप्त भएको समाचारमा जनाइएको छ । बुधबार साँझ ती बालबालिका डुबेको अवस्थामा भेटिएको जनाइएको हो । उनीहरु पौडी खेल्ने क्रममा डुबेको हुनसक्ने अनुमान गरिएको छ । यतिखेर केही दिन यतादेखि चीनमा गर्मी बढेको कारण विद्यालय बन्द गरिएको छ । यही गर्मी र छुट्टीको समय पारेर...

पुरा पढ्नुहोस
शक्तिशाली भूकम्प

पोर्ट भिला । प्रशान्त महासागरीय द्वीप राष्ट्र भानुआटुमा बुधबार ५.९ रिक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार स्थानीय समयानुसार मङ्गलबार ९ः१४ बजे बिहान सो भूकम्प आएको थियो । यस भूकम्पको केन्द्रविन्दु भानुआटुको राजधानी शहर पोर्ट भिलाबाट ४३ किलोमिटर दक्षिणपूर्वमा रहेको इलाकाको १४९.८ किलोमिटर गहिराईमा रहेको थियो । यस भूकम्पको कारण हालसम्म मानवीय र भौतिक संपत्ति क्षतिको कुनै समाचार प्राप्त भएको छैन् । भूकम्पपछि सुनामी चेतावनीको कनै सुचना...

पुरा पढ्नुहोस
भारतीय पूर्व विदेशमन्त्री स्वराजको निधन

नयाँ दिल्ली ।  भारतका पूर्व विदेश मन्त्री सुष्मा स्वराजको ६७ वर्षको उमेरमा निधन भएको छ। उनको हृदयाघातबाट मंगलवार राति निधन भएको भारतीय संचार माध्यमहरूले जनाएका छन् । स्वराज भाजपाकी वरिष्ठ नेतृ थिइन् । उनले दिल्लीको मुख्यमन्त्री पदपनि सम्हालि सकेकी थिइन् । मोदी सरकार बन्नु अघि कांग्रेस सरकारको बेलामा भारतको लोकसभाका प्रमुख विपक्षी दलकी नेतृ थिइन् । उनको सन् २०१६ मा मृगौला प्रत्यारोपण भएको थियो । विदेश मन्त्रीका रूपमा स्वर्गीय स्वराजले सफलताका साथ जिम्मेवारी...

पुरा पढ्नुहोस
भेनेजुएला सरकारको सम्पूर्ण सम्पत्ति रोक्का

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिकामा रहेको भेनेजुएला सरकारको सम्पूर्ण सम्पत्ति रोक्का राख्न सोमबार आदेश दिनुभएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको कार्यशैलीको विपक्षमा रहनुभएका राष्ट्रपति ट्रम्पले भेनेजुएला सरकारसँग कुनै पनि कारोबार नगर्ने आदेशमा पनि हस्ताक्षर गर्नुभएको छ । अमेरिकी अखबार वालस्ट्रिट जर्नलका अनुसार विगत ३० वर्षको अन्तरालमा अमेरिकी महादेशभित्र अमेरिकाले गरेको यस किसिमको यो पहिलो आदेश हो । अमेरिकाले हाल उत्तर कोरिया, इरान, सिरिया र क्युवाकै हाराहारीमा भेनेजुएलालाई...

पुरा पढ्नुहोस
हवाई आक्रमणमा ४२ जना मारिए

त्रिपोली । लिबियाको दक्षिणी क्षेत्रमा भएको हवाई आक्रमणमा परी कम्तीमा ४२ जना मारिएका छन् भने दर्जनौं घाइते भएका छन् । संयुक्त राष्ट्रसंघले मान्यता दिएको सरकारका स्थानीय अधिकारीहरुले सोमबार आक्रमणबारे जानकारी दिएका हुन् । उनीहरुका अनुसार सरकारी सैनिकको टोलीले मोर्जुकमा रहेको एउटा आवासीय क्षेत्रमा आइतबार हवाई आक्रमण गरेको हो । नगरपालिकामा कार्यरत एकजना सरकारी अधिकारी इब्राहिम ओमरले फ्रान्सेली समाचार एजेन्सी एएफपीसँग भने, ‘आक्रमणमा परी कम्तीमा ४२ जनाको मृत्यु भएको छ भने ६०...

पुरा पढ्नुहोस
लद्दाख छुट्टै केन्द्र शासित प्रदेश,जम्मु काश्मिर टुक्रियो

भारत । भारत सरकारले सोमबार जम्मु काश्मिरका लागि संविधानमा गरिएको विशेष दर्जा खारेज गरेको छ। भारतीय राष्ट्रपति रामनाथ कोविन्दको आदेशबाट संविधानको धारा ३७० खारेज गरिएको हो। मुस्लिम बाहुल्यता रहेको जम्मु काश्मिरलाई विशेष स्वायत्तता दिने संविधानको धारा ३७० खारेज गर्ने आदेशमा भारतीय राष्ट्रपतिले हस्ताक्षर गरेका गृहमन्त्री अमित शाहले राज्यसभालाई जानकारी दिएका छन्। अबका दिनमा जम्मु काश्मिर छुट्टै राज्य नभई केन्द्र शासित प्रदेश हुनेछ। यस राज्यमा नागरिकले अबका दिनमा दोहोरो नागरिकता राख्न...

पुरा पढ्नुहोस
दुर्घटना हुँदा १९ जनाको मृत्यु

कायरो । इजिप्टको राजधानी शहर कायरोको एक क्यान्सर इन्स्टिच्यूट नजिक भएको सवारी दुर्घटनामा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् । इजिप्टका सुरक्षा निकायहरुले आइतबार मध्यराति नेसनल ट्यूमर सेन्टर नजिक विपरीत दिशाबाट आएको एउटा कारले अरु तीनवटा सवारी साधनलाई ठक्कर दिएका कारण ठूलो बिस्फोट सहित दुर्घटना भएको बताएका छन् । उक्त घटनामा घाइते भएका अरु तीन जनाको अवस्था नाजूक रहेको छ । दुर्घटनास्थलमा अरु पनि कारहरु जलेको अवस्थामा...

पुरा पढ्नुहोस