अन्तराष्ट्रिय

डुङ्गा दुर्घटनामा १७ जनाको मृत्यु

जाकार्ता । इन्डोनेसियाको पूर्वी प्रान्त जाभामा सोमबार एक डुङ्गा दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १७ पुगेको छ । वरिष्ठ उद्धारकर्ताले मङ्गलबार उक्त जानकारी दिनु भएको छ । यस दुर्घटनाबाट ३९ जनालाई भने जीवितै उद्धार गरिएको उद्धारकर्ताहरुले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् । हराइरहेका एक व्यक्तिको खोजी कार्यमा पनि दर्जनौको सङ्ख्यामा उद्धारकर्ताको सहभागीता रहेका बताइएको छ । इन्डोनेसियामा डुङ्गा प्रभावकारी र प्रख्यात सवारी साधनको रुपमा रहेको छ । तर अपनाउन पर्ने सुरक्षामा...

पुरा पढ्नुहोस
भारतमा लिची खाएर ४७ जना बालबालिकाको मृत्यु

पटना । उत्तरी भारतमा धेरै लिची खाएका कारण पछिल्लो तीन सातामा ४७ जना बालबालिकाको मृत्यु भएको छ। बिहारका स्वास्थ्य अधिकारीहरूले बताएअनुसार सुक्ष्म इन्सेफ्लाइटिस सिन्ड्रोमका कारण ती बालबालिकाको ज्यान गएको हो। स्वास्थ्य अधिकारीहरूका अनुसार ती बालबालिकाको रगतमा चिनीको मात्रा कम भएको थियो। चिनीमा रगतको मात्रा कम भएपछि शरीरले फ्याट्टी एसिडलाई पचाएर ग्लुकोज बढाउन थाल्छ। रगतमा चिनी कम हुनुका पछाडी लिचीमा हुने रसायन भूमिका खेलेको उनीहरूले बताएका छन्। ‘अन्तर्राष्ट्रिय विज्ञहरूले हामीलाई भनेअनुसार लिची त्यस्तो...

पुरा पढ्नुहोस
अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु

किभ । युक्रेनको ओडेसा शहरमा मानसिक रोगीहरुको उपचार गर्ने एक अस्पतालमा भएको आगलागीमा ६ जनाको मृत्यु भएको छ । अस्पतालको एक तले भवनमा सोमबार साँझ आगलागी भएको आकस्मिक सेवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आगलागीको कारण भने पत्ता लागेको छैन । आगलागीको कारण अन्य चार जना घाइते भएका छन् । उनीहरुलाई उपचारार्थ अस्पताल भर्ना गरिएको विज्ञप्तिमा जनाइएको छ । आगलागी भएपछि नौ जनाले भागेर ज्यान बचाएका थिए । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले...

पुरा पढ्नुहोस
भारतीय प्रधानमन्त्री मोदीका लागि पाकिस्तानी समकक्षीको सहयोग

काठमाडौं ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पाकिस्तानको हवाई क्षेत्र भएर शङ्घाई सहयोग संगठन एससीओ को सम्मेलनमा भाग लिन जान पाउने भएका छन् । सोमबार भारतले प्रधानमन्त्री मोदीको हवाई यात्रा सहज बनाउन पाकिस्तानसँग अपिल गरेको थियो । किर्गिस्तानको राजधानी विश्केकमा हुने सम्मेलन यही ३० र ३१ गतेदेखि सुरू हुने भएको हो । सम्मेलनमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानसमेत सहभागी हुने छन् । गत फेब्रेवरी २६ मा भारतीय सेनाले पाकिस्तानी भूमिमा हवाई आक्रमण...

पुरा पढ्नुहोस
अमेरिकालाई बेवकुफ बनाउन कसैले सक्दैनन्: ट्रम्प

नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुकमा निर्मित मोटरसाईकलमाथि भारतले चर्को कर लगाएको भन्दै विरोध गरेका छन् । अमेरिकी मोटरसाइकल हार्ले डेविडसनमाथि भारतले कर लगाएकोमा उनले आपत्ति जनाएका हुन् । भारतले उक्त मोटरसाईकलमाथिको कर १०० प्रतिशतबाट घटाएर ५० प्रतिशतमा झारे पनि त्यो बढी भएको उनको भनाई छ । ‘मेरो अगुवाईमा अमेरिकालाई अब अझै बेवकुफ बनाउन कसैले सक्दैनन् । अमेरिका बेवकुफ देश होइन,’ सीबीएस न्युजसँगको सोमबारको अन्तर्वार्तामा ट्रम्पले भनेका छन्,...

पुरा पढ्नुहोस
पश्चिम बंगालमा चुनावी असर बाँकी, ४ कार्यकर्ताको हत्या

कोलकाता । भारतमा दुई राजनीतिक पार्टीका चार कार्यकर्ताको गोली हानी हत्या भएको छ । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) समर्थक तीन जना र अर्को एउटा क्षेत्रीय पार्टी त्रिणमुल कङ्ग्रेस पार्टीका एक जना गरी चार जना मारिएका हुन् । पश्चिम बङ्गालमा भएको सो घटनामा परी अरु १८ जना घाइते पनि भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । भाजपाका स्थानीय नेता मुकुल रोयले ट्वीट गर्दै सन्देशखालीमा आफ्ना तीन कार्यकर्ताको गोली हानी हत्या...

पुरा पढ्नुहोस
चिनियाँ राष्ट्रपति र रुसी राष्ट्रपति बिच भेटवार्ता

सेन्ट पिटस्बर्ग । चिनियाँ राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार रुसमा भेटवार्ता भएको छ । उहाँहरुबीच रुसी शहर सेन्ट पिटस्बर्गमा भेटवार्ता भएको समाचारमा जनाइएको छ । चिनियाँ राष्ट्रपति चिनफिङ हाल रुस भ्रमणमा रहनुभएको छ । त्यस भेटका क्रममा चिनियाँ राष्ट्रपति सिले उक्त शहरको सुन्दरताको बयान गर्नुभएको बताइएको छ । उहाँले रुसको सेन्ट पिटस्बर्ग शहरले रुसका धेरै महत्वपूर्ण व्यक्तिहरु जन्माएको भन्दै रुस र रुसी नागरिकका लागि सो स्थान ठूलो...

पुरा पढ्नुहोस
भारत, रुस र चीनजस्ता देशमा प्रदुषण र सरसफाइबारे चेतसमेत छै : ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जलवायु परिवर्तनको मुद्दामा भारत, चीन र रुसको आलोचना गरेका छन् । ट्रम्पले भने, ‘भारत, रुस र चीनजस्ता देशमा राम्रो हावा र पानीसम्म पनि छैन । विश्वको पर्यावरणका लागि यी देश आफ्नो जिम्मेवारी निभाउँदैनन्  नै यी देशलाई जिम्मेवारीबोध नै छ । यी देशमा प्रदुषण र सरसफाइको विषयतमा चेतसमेत छैन । ’ ब्रिटिश च्यानल आइटीभीलाई दिएको अन्तरवार्तामा ट्रम्पले यस्तो भनेका हुन् । ट्रम्पले भने, ‘अमेरिका संसारको सबैभन्दा...

पुरा पढ्नुहोस
सुडानमा ६० जनाभन्दा बढीको मृत्यु

खार्तुम । सुडानको सत्तारुढ सैनिक परिषदको आदेशमा सेनाले राजधानी खार्तुमस्थित सैनिक मुख्यालय बाहिर चलाएको गोली लागि मृत्यु हुनेको संख्या ६० भन्दा बढी पुगेको छ । सैनिक शासनविरुद्ध सैनिक मुख्यालय बाहिर र शहरका मुख्य प्रशासनिक केन्द्र वरपर धर्नामा बसेका प्रदर्शनकारीलाई हटाउनेक्रममा सेनाले सोमबार गोली चलाएको हो । प्रदर्शन स्थलमा लगातार बन्दुक पड्किएको आवाज आएको थियो । राजधानी खार्तुमका सबैजसो क्षेत्रमा मेसिनगन जडान गरिएका ठूलो संख्यामा सैनिक ट्रकसहितको टोलीको बाक्लो उपस्थिति रहेको...

पुरा पढ्नुहोस
जापानमा ६.१ म्याग्नीच्युडको भूकम्प 

टोकियो । जापानको टोरिस् हिमा द्वीप क्षेत्रमा मङ्गलबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको छ । मौसम विज्ञान निकायले उक्त जानकारी दिएको छ । यस भूकम्पको केन्द्रविन्दु आपपासको क्षेत्रमा ४ सय ४० किलो मिटर गहिराईमा रहेको जनाइएको छ । यस भूकम्पपछि सुनामीको सुचना जारी गरिएको छैन् । स्थानीय समयानुसार मङ्गबार अपराह्न १ः४५ मा उक्त भूकम्प गएको थियो । यस भूकम्पछि धनजनको क्षतिको कुनै समाचार प्राप्त नभएको बताइएको छ । जापान बारम्बार भूकम्पको प्रकोपले...

पुरा पढ्नुहोस