शिक्षा

दीप रेडक्रस सर्कलद्धारा अपाङ्ग आश्रमलाई सहयोग

बुटवल । बुटवल– ८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलमा रहेको युवा रेडक्रस सर्कलले नेपाल अपाङ्ग आश्रम बुटवल–११, प्रगतिनगरलाई एक कार्यक्रमबीच दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेको छ । कार्यक्रममा युवा रेडक्रस सर्कल दीप बोर्डिङ हाई स्कूलको सक्रियतामा कक्षा ४, ५ र ६ का विद्यार्थीहरूद्वारा सङ्कलित जम्मा रु. २० हजारबाट कुर्सी, पङ्खा, चामल, दाल, आटा, झुल, फिल्टर लगायत सामग्रीहरू हस्तान्तरण गरिएको कुरा रेडक्रसका संरक्षक तथा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले जानकारी गराउनुभयो...

पुरा पढ्नुहोस
रोल्पामा १२१ जना परीक्षार्थी एसईई परीक्षाबाट बञ्चित

रोल्पा । परीक्षा आवेदन फाराम भरेकामध्ये रोल्पामा १२१ जना परीक्षार्थी यस वर्षको एसईई परीक्षामा सहभागी हुन नपाउने भएका छन्। विद्यालयमा दैनिक हाजिरी नपुगेका कारण उनीहरु परीक्षामा सामेल हुन नपाउने भएका हुन् । विद्यालयमा अनुपस्थित हुने तथा परीक्षा दिनका लागि उमेरसमेत नपुगेका विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएकोे जिल्ला शिक्षा कार्यालय रोल्पाले जानकारी दिएको छ । शिक्षा नियमावलीअनुसार विद्यार्थी विद्यालयमा ७५ प्रतिशत हाजिर हुनुपर्ने प्रावधान छ । शिक्षा विभागले सेन्टअप परीक्षा खारेज गर्दै...

पुरा पढ्नुहोस
राष्ट्रिय परीक्षा बोर्ड: चिट चोर्ने चोराउनेलाई एक लाख जरिवाना

बुटवल । केन्द्रबाट सञ्चालन हुने यो बर्षको अन्तिम माध्यमिक शिक्षा परीक्षा (इसइई) को तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ४ लाख ८५ हजार ८ सय ८६ जना परीक्षार्थी सहभागी हुने यो परीक्षामा नियमित र एक्जाम्टेडको छुट्टाछुट्टै प्रश्नपत्र छापिएको छ । प्रदेशअनुसार प्रश्नपत्र तयार हुन नसकेपछि चारवटा क्लस्टरका आधारमा प्रश्नपत्र छापिएका छन् । चैत ८ देखि १८ गतेसम्म सञ्चालन हुने परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ । परीक्षामा चिट चोर्नेरचोराउनेलगायतका...

पुरा पढ्नुहोस
दीपका विद्यार्थीहरुलाई शुभकामना

बुटवल । बुटवल–८ सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कूलबाट एसईईमा सहभागी हुन लागेका विद्यार्थीहरुलाई शुभकामना कार्यक्रम गरिएको छ । कक्षा ९ का विद्यार्थीहरुको आयोजनामा भएको कार्यक्रममा कक्षा १० विद्यार्थीहरुलाई मायाको चिनो सहित शुभकामना प्रदान गरिएको थियो । कक्षा ९ का विद्यार्थी प्रशस्त मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजू र प्राचार्य टीकाराम न्यौपानेले बोल्दै गुणस्त्तरयुक्त शिक्षा र असल संस्कारका लागि विद्यालय सदैव प्रतिवद्ध रहेको बताउनुभयो । उहाँहरुले परीक्षामा सम्मित...

पुरा पढ्नुहोस
राष्ट्रिय परीक्षा बोर्ड: कक्षा ११ र १२ को परीक्षा केन्द्र निर्धारण

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ। परीक्षाका लागि देशभर एक हजार ४९ केन्द्र निर्धारण गरेको बोर्डका प्रवक्ता तथा उपनियन्त्रक जयन्ती सत्यालले जानकारी दिए। बोर्डले गत वर्ष ९९२ वटा परीक्षा केन्द्र निर्धारण गरेकामा यस वर्ष भने ५७ वटा परीक्षा केन्द्र थप गरेको छ। आगामी वैशाख १४ गतेदेखि शुरु हुने कक्षा १२ को परीक्षा ३० गते सम्पन्न हुनेछ भने वैशाख ३१ गतेदेखि कक्षा ११...

पुरा पढ्नुहोस
कपिलवस्तुमा २०८ जना विद्यार्थी एसईइ परीक्षा दिनबाट बञ्चित

-पुनहरी घिमिरे कपिलवस्तु । आगामी चैत ८ गतेबाट संचालन हुने एसईई परीक्षामा कपिलवस्तुबाट २०८ जना विद्यार्थी एसईइ परीक्षा दिनबाट बञ्चित हुने भएका छन ।गत बर्ष ४ सय १७ जना एसईई परीक्षाबाट बञ्चित भएका थिए भने यस वर्ष सो संख्यमा कमी आएको हो । यस बर्ष साधारण तर्फ ६ हजार ३८३ र प्राबिधिक तर्फ १ सय ५८ जनाले आबेदन दिएका थिए । नियमित बिद्यालयमा उपस्थित नभएको र प्रयोगात्मक परीक्षा समेत नदिएको ले...

पुरा पढ्नुहोस
गुल्मीमा ८८ जना विद्यार्थी एसईइ परीक्षा दिनबाट बञ्चित

गुल्मी।  चैत ८ गतेबाट २० गतेसम्म सञ्चालन हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) मा यस वर्ष गुल्मी जिल्लाबाट ८८ जना विद्यार्थी परीक्षा दिनबाट बञ्चित हुने भएका छन् । बञ्चित हुने विद्यार्थीहरु मध्ये ७५ प्रतिशत हाजिरी नपुगेका र अन्य केही विद्यार्थीहरु विभिन्न कारणले विद्यालय छोडेका कारण उनीहरु परीक्षा दिनबाट बञ्चित भएको जिल्ला शिक्षा अधिकारी टिकाराम शर्माले बताउनुभयो । गएको वर्ष पनि जिल्लामा १ सय १७ जना विद्यार्थी परीक्षा दिनबाट बञ्चित भएका थिए ।...

पुरा पढ्नुहोस
कान्ति माबिमा एस.ई.ई.का विद्यार्थीहरुलाई बिदाई

                                -मिना ढकाल बुटवल । यसक्षेत्रकै उत्कृष्ठ बिद्यालय कान्ति मावि बुटवल ४ मा एस.ई.ई.२०७४ मा सहभागि हुने विद्यार्थीहरुका लागि बिदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागिहरुले बिद्यार्थीहरु जिवन उपयोगि शिक्षा हासिल गर्नुका साथै जिवनमा प्रमाणपत्र मात्र हातपार्ने उद्देश्यले नभै सफलता प्राप्त गर्ने लक्ष्यका साथ अघि बढ्नु पर्ने बताएका थिए । बिगतमा पटक पटक पश्चिमान्चल क्षेत्रिय स्तरमा प्रथम भै क्षेत्रिय ध्वजा प्राप्त गर्न सफल कान्ति माबिले यसपटक प्रदेश प्रथमको उपाधी हासिल गरिसकेको...

पुरा पढ्नुहोस
दीप बोर्डिङद्वारा महिला चालकलाई सम्मान

बुटवल । रुपन्देहीको बुटवल–८ सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कूलले १०८ औं अन्तर्राष्ट्रिय महिला दिवसरको अवसरमा ईरिक्सा महिला चालकहरुलाई सम्मान गरेको छ । विद्यालयले  बिहीबार एक कार्यक्रमको आयोजना गरी २० जना महिला चालकहरुलाई सम्मान गरेको हो । उहाँहरुलाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरिएको थियो । सोही अवसरमा विद्यालयका उपप्राचार्य ज्ञानु थापा सहित महिला शिक्षक तथा कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो । विद्यालयका प्राचार्य टीकाराम न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लव अफ...

पुरा पढ्नुहोस
अब बन्ने संरचना बालमैत्रीः मन्त्री चौधरी

बुटवल । प्रदेश सरकार प्रदेश नम्बर ५ का भौतिक योजना तथा पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश कानुन निर्माण गरी प्रदेश नम्बर ५ का सम्पूर्ण विद्यालयहरु बन्द हडताल निशेधित विद्यालयको रुपमा घोषणा गरिने बताएका छन् । अहिले पनि नेपालको कानुनमा विद्यालय शान्ती क्षेत्र घोषाण भएपनि विद्यालयमा बन्द हडताल हुने गरेको भन्दै मन्त्री चौधरीले प्रदेश सरकारले निश्चित कानुन नै निर्माण गरी विद्यालयमा बन्द हडताल लगायतका कार्य निषेध गर्ने बताएका हुन । ईन्द्रीणी...

पुरा पढ्नुहोस