शिक्षा

मिस स्कुल नेपालको फाईनल भोली

बुटवल । कक्षा ७ देखि ९ सम्मको विद्यार्थीलाइ लक्षित गरी आयोजना गरिएको मिष्टर एण्ड मिस स्कुल नेपाल को अन्तिम प्रतिष्प्रधा हुने भएको छ । प्रतियोगितामा १३ जना छात्रहरुको सहभागिता रहेको छ ।उपाधि विजेताले कक्षा १० सम्म निशुल्क अध्ययन गर्न पाउने आयोजक संस्था मञ्जरी ग्रुपका अध्यक्ष बिशाल एच आलेले बताए । १५ दिनको प्रशिक्षण पछि सम्पन्न हुन लागेको अन्तिम प्रतिस्प्रधाको अन्तीम तयारी पूरा भएको आयोजकले जनाएको छ । विभिन्न विधामा सहभागिलाइ फरक किसिमको...

पुरा पढ्नुहोस
शहिद बहुमुखि क्याम्पस रामपुरको समस्या समाधान

रामपुर पाल्पा, माघ । शहिद बहुमुखि क्याम्पस रामपुरमा बल्झिएको विवाद समाधान भएको छ । लामो समय देखि स्ववियु निर्वाचनको विषयलाई लिएर नेविसँघले क्याम्पस प्रमुखको कक्षमा ताला लगाएको थियो । क्याम्पस सँचालक समिती र विभिन्न विद्यार्थी सँगठनविच भएको छलफलबाट विविध निर्णय गरेर समस्या समाधान गरेको हो । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको विषयलाई लिएर विवाद बल्झिएको थियो । सँचालक समिती र विद्यार्थीहरुको बैठकले नेविसँघबाट १०, अनेरास्ववियुबाट ५, अनेरास्ववियु क्रान्तिकारीबाट ३ जना पदाधिकारी रहेको स्वतन्त्र विद्यार्थी...

पुरा पढ्नुहोस
राष्ट्रिय परीक्षा बोर्ड: कक्षा ११ को नतिजा आज सार्वजनिक

बुटवल, पुस । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा ११ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले गत असारमा लिएको परीक्षाको नतिजा सार्वजनिक गर्न लागिएको हो । परीक्षामा चार लाख ४९ हजार ५४ विद्यार्थी सहभागि भएका थिए । नतिजा विषयत ग्रेड मात्रै दिइने छ । विद्यार्थीको ग्रेड सीटमा कुनै विषयमा डी प्लस वा त्यो भन्दा तल्लो तहले मौका परीक्षा दिन पाउने बोर्डले व्यवस्था गर्दैछ । एक भन्दा बढी...

पुरा पढ्नुहोस
पाल्पामा संस्थागत विद्यालयका शिक्षकलाई तालिम

पाल्पा, पुस । यहाँका संस्थागत विद्यालयका आधारभूत तहका शिक्षकहरूका लागि पाँच दिने पुनर्ताजगी तालिम मङगलबार देखि सुरु भएको छ । शैक्षिक तालिम केन्द्र पाल्पा र प्याब्सन पाल्पाको साझेदारीमा तालिममा संस्थागत विद्यालयका ३३ जना शिक्षकहरू सहभागी रहेका छन् । पठनपाठन देखिएका समस्या समधान गर्दै अघि बढ्न तालिमपछि सफल हुने अपेक्षा रहेको छ । तालिममा आधारभूत तहको पाठ्यक्रम, पाठ्योजना निर्माण, वालवालिकाका सिकाइ शैली र सिर्जनात्मक शिक्षण, कक्षाकोठा ब्यवस्थापन र रूचीपूर्ण सिकाइ, सामग्री निर्माण...

पुरा पढ्नुहोस
कालिका माध्यमिक विद्यालयमा खाना महोत्सव

बुटवल, पुस । कालिका माध्यमिक विद्यालयमा सोमबार खाना महोत्सव सम्पन्न भएको छ । विद्यालयमा आधारभूत तहमा पेशा र व्यवसाय विषयको अध्यापन हुने भएकोले विद्यार्थीहरुले कक्षाका सिकेको कुरा व्यवहारिक रुपमा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्धेस्यले खाना महोत्सव आयोजना गरिएको विद्यालयका प्रधानाध्यपक घनश्याम पाठकले बताए । कक्षा ६ देखि ८ सम्मका ८७७ जना विद्यार्थीहरुका ५२ समुहहरु खाना महोत्सवमा सहभागी रहेका थिए । महोत्सवमा विद्यार्थीहरुले सेलरोटी, बटुक, खिर, हलुवा, पकौड़ी लगायतका २४ किसिमका परम्परागत...

पुरा पढ्नुहोस
सरकारलाई नेविसंघको ७२ घण्टे अल्टिमेटम

काठमाडौ, पुस । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आफ्नै पार्टी नेतृत्वको सरकारविरुद्ध आन्दोलन चर्काउने भएको छ। नेविसंघले विद्यार्थीहरुको पक्षमा विगतमा उठाइएका विभिन्न माग ७२ घण्टा भित्र सम्बोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनीसहितको ज्ञापन पत्र प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको हो। सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनीहरुले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा बम विष्फोटमा परी घाइते नेविसंघकी केन्द्रीय सदस्य मिरा कटुवालको उपचार खर्च समेत सरकारले उपलब्ध नगराएकोमा आक्रोश समेत...

पुरा पढ्नुहोस
मंगलबार देशभरिका निजी विद्यालय बन्द

बुटवल, पुस। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालले मंगलबार देशभरिका निजी विद्यालय बन्द गर्ने भएको छ । प्याव्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलेको निधनमा प्याब्सनको आइतबार बसेको आकस्मिक बैठकले देशभरिका निजी विद्यालय बन्द गर्ने निर्णय गरेको  छ  । प्याब्सनका पूर्वअध्यक्ष पोखरेलेको आइतबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो । यसैगरी बैठकले आगामी मंगलबार, बुधबार र बिहीबार तीन दिनसम्म प्याब्सनका झण्डा झुकाउनेसमेत निर्णय गरेको राजेन्द्र बानियाँले बताए । पोखरेलको निधनप्रति दुःख व्यक्त गर्दै...

पुरा पढ्नुहोस
कपिलवस्तुमा शीतलहरका कारण सामुदायिक विद्यालय बन्द

कपिलवस्तु, पुस । लगातारको शीतलहरका कारण बढ्दै गएको चिसोका कारण कपिलवस्तुका सामुदायिक विद्यालय पुस मसान्तसम्मका लागि बिदा भएका छन् । अर्धवार्षिक परीक्षा सम्पन्न गरी शैक्षिक क्यालेण्डरअनुसार नै जाडो बिदा गरिएको तौलिहवा स्रोत केन्द्रका स्रोत व्यक्ति ईश्वरचन्द्र गुप्ताले बताए । वाणगंगा स्रोत केन्द्रअन्तर्गतका विद्यालयमा भने आइतबारबाट विद्यालय बन्द हुने जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक खिमबहादुर जिसीले बताए । अधिक चिसो भएका कारण बालबालिकालाई पठनपाठनमा समस्या उत्पन्न हुने भएकाले जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा विद्यालय...

पुरा पढ्नुहोस
पूर्व शिक्षामन्त्री शुक्लाद्धारा दलित विद्यार्थीहरुलाई सहयोग

बुटवल, पुस । पूर्व शिक्षामन्त्री तथा राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष सर्वेन्द्र नाथ शुक्लाले दलित विद्यार्थीहरुलाई सोलर बत्ती प्यानल सहयोग गरेका छन । रुपन्देहीको कोटहीमाई गाउँपालिका–६ स्थित बोगडी माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत २२ जना विद्यार्थीलाई मंगलबार शुक्लाले उक्त सोलर प्यानल वितरण गरेका हुन । साथै उनले विद्यालयमा रहेको वाइ।फाइ र ९ वटा कम्प्युटर सहितको आधुनिक प्रयोगशालाको पनि उदघाटन गरे । गत वर्ष शुक्लाले सोही विद्यालयमा...

पुरा पढ्नुहोस
दाङमा कक्षा ८ को परीक्षा अबदेखि स्थानीय तहले सञ्चालन गर्ने

        दाङ, पुस। कक्षा ८ को वार्षिक परीक्षा अबदेखि स्थानीय तहले सञ्चालन गर्ने भएको छ। विगतमा जिल्ला शिक्षा कार्यालयले कक्षा ८ को वार्षिक परीक्षा गराउँदै आएको थियो। संविधान तह विद्यालय शिक्षाको सञ्चालन, व्यवस्थापन लगायतका कार्यहरू स्थानीय तहको क्षेत्राधिकारमा राखेको हुँदा त्यो अधिकार प्रयोग गरेर कक्षा ८ को वार्षिक परीक्षा स्थानीय तहलाई सञ्चालन गर्न जिम्मा दिइएको जिल्ला शिक्षा समितिका सदस्य सचिव तथा जिल्ला शिक्षा अधिकारी रमेश मैनालीले जानकारी दिए। दाङका दश ओटै स्थानीय तहले...

पुरा पढ्नुहोस