शिक्षा

शिक्षामा प्रदेश ५ : पर्याप्त शैक्षिक संस्था

बुटवल । विद्यालय तहको शिक्षामा रुपन्देहीको बुटवल स्थापित भएको छ । सामुदायिक तथा निजी विद्यालयबीचको प्रतिस्पर्धाले बुटवल गुणस्तरीय शिक्षा प्रदान गर्ने स्थानका रूपमा कहलिएको हो । प्रशस्त शैक्षिक संस्था र विषयको उपलब्धताले गुणस्तरीय शिक्षाका लागि काठमाडौं तथा मुलुकबाहिर नै धाउनुपर्ने बाध्यता हटेको छ । विद्यालय तहको मात्र नभई उच्च शिक्षामा पनि सार्वजनिक शैक्षिक संस्थाले महँगा शिक्षण संस्थामा अध्ययन गरेकाहरूलाई टक्कर दिन थालेका छन् । एसइईपछिको अध्ययनका लागि प्रदेश ५ को अस्थायी...

पुरा पढ्नुहोस
विवाह गर्दै, पढ्न छोड्दै

प्युठान। प्युठान नौबहिनी गाउँपालिकामा बाल विवाहको कारणले शैक्षिक क्षेत्रमा समस्या देखिएको छ । बालबालिकाहरु कलिलो उमेरमै बिवाह गर्न थालेपछि यो समस्या देखिन थालेको हो । गाउँँपालिका लगायत विभिन्न बाल सरोकार निकायहरुले सचेतना मुलक कार्यक्रम गर्दै आए पनि बाल बिबाह रोख्न नसकेको गाउँपालिका अध्यक्ष शिव रिजालले बताए । ‘यहाँ अभिभावकहरुले बाल बिबाह गरिदिएका छैनन्।’ अध्यक्ष रिजालले भने–‘बालबालिकाहरु १६ वर्ष पुग्नासाथ आफै बिबाह गर्ने र पढाइ छोड्ने समस्या देखिएको छ । ‘कतिपय अवस्थामा...

पुरा पढ्नुहोस
निःशुल्क शिक्षा व्यवस्था, भर्ना अभियानमा उठाएको ६३ लाख फिर्ता गरिने

प्युठान  ।  १ देखि १० कक्षासम्म प्युठान नगरपालिकाले निःशुल्क शिक्षाको व्यवस्था गरेको छ । चालू आर्थिक वर्ष ०७६र७७ को बजेट पारित गर्दै नगरपालिकाले नगरमा निःशुल्क शिक्षाको अवधारणा पारित गरेको हो । शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले नगरपालिकाले यो निर्णय गरेको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताए । सरकारले आधारभूत तहलाई निःशुल्क तथा अनिवार्य गरे पनि कार्यान्वयन भएको थिएन । अभिभावकको सल्लाहअनुसार यो कार्य भदौबाट सुरु हुने उनले बताए । खासगरी समुदायमा रहेका गरिब तथा विपन्न परिवारका बालबालिकालाई...

पुरा पढ्नुहोस
होराईजनका ७ जनाले जिपिए ४ ल्याए बापत पाए गोल्ड मेडल

बुटवल । बिगतदेखि नै उत्कृष्ठ नतिजा ल्याउन सफल न्यू होराईजन माध्यमिक विद्यालय बुटवलले यसपटक पनि एसईईमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरुलाई गोल्ड मेडलबाट सम्मान गरेको छ । एसईई परिक्षामा सर्बोत्कृष्ठ अंकमान ४ जिपिए ल्याएको भन्दै होराईजनले आफ्ना ७ जना विद्यार्थीहरुलाई गोल्ड मेडलबाट सम्मान गरेको हो । सर्बोत्कृष्ठ विद्यार्थीहरुलाई रुपन्देहीका शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख दिपेन्द्र ढकाल, विद्यालयका अध्यक्ष ज्ञानेन्द्र कसजु, प्राचार्य लोकनाथ उपाध्याय, सहायक प्राचार्य बासुदेव अर्याल लगाएतले गोल्ड मेडल प्रदान...

पुरा पढ्नुहोस
एस इ इ परीक्षाफलमा हरैया माध्यमिक विद्यलय तिनाउ पश्चिममै उत्कृष्ट

कञ्चन । शैक्षिक सत्र २०७५को एस इ इ परीक्षाफल प्रकाशन भए पछि कुन बिधालयले उत्कृष्टता हासिल गर्यो भनेर हरेक चिया चौतारी तथा चिया गफ भैरहेको बेला रुपन्देही जिल्लामा तिनाउ देखि पश्चिमका निजी र सामुदायिक बिधालयहरुमै हरैया माध्यमिक बिधालयले उत्कृष्टता हासिल गरेको पुष्टि भएको छ। गत चैत्रमा ४ लाख ५० हजार २७५ परिक्षार्थी एसइइ मा सहभागी भएकोमा राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा रुपन्देहीबाट १० जना विद्यार्थीले...

पुरा पढ्नुहोस
गुणस्तरीय र स्वरोजगार सिर्जना गर्ने प्राविधिक शिक्षामा जोड

पोखरा । मुलुकको प्राथमिकतामा रहेको प्राविधिक शिक्षा गुणस्तरीय र स्वरोजगार सिर्जना गर्ने खालको हुनुपर्नेमा मङ्गलबार यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्द्वारा आयोजित प्राविधिक शिक्षा एवं व्यावसायिक तालीमको विस्तार, विकास तथा गुणस्तर सुनिश्चितता विषयक परामर्श बैठकमा वक्ताहरूले दक्ष जनशक्ति उत्पादनमा जोड दिएका हुन् । कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले प्राविधिक शिक्षा प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । श्रम, रोजगारका लागि आवश्यक...

पुरा पढ्नुहोस
बाँसले बारेको टहरामा पढेका विद्यार्थीले अब भवनमा पढ्न पाउने

रामपुर । बाँसले बारेर बनाइएको टहरामा विद्यार्थीलाई शिक्षा दिने पाल्पा रामपुरको एक विद्यालयका विद्यार्थीले अव भवनमा बसेर पढ्न पाउने भएका छन् । रामपुर नगरपालिका वडानम्बर २ खयरबोटको कालीका प्राथमिक विद्यालयमा अव ४ कोठे पक्कि भवन बन्ने भएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष देवबहादुर थापाले बताउनुभयो । जापानिज समाजसेवि काजुमासा काकिमि ओकेवाजेको रु. १० लाख र वडाकार्यालयको रु. एक लाख सहयोगमा बन्ने भवनको शिलन्यास गरिएको विद्यालयले जनाएको छ । २०७२ सालमा गएको महाभुकम्पमा...

पुरा पढ्नुहोस
शिक्षामा सुधार हुँदै सामुदायिक विद्यलय

बुटवल । बुटवलको कालिका मानव ज्ञान माविकी छात्रा सविना सुवेदीले ४ जीपीए ल्याएकी छन् । राम्रो अक्षरमा सिर्जनात्मक रूपले लेख्ने बानीका कारण अन्य साथीलाई उछिन्न सफल भएको विद्यालयका प्रधानाध्यापक घनश्याम पाठकले बताए । ‘सामान्यज्ञानदेखि लेखनकलामा अब्बल थिइन्,’ उनले भने, ‘सानो कुरामा पनि हेलचेक्र्याइँ गर्दिनथिइन् । असाध्यै मिहिनेत गर्थिन् ।’ ‘आफ्नै शैलीमा सिर्जनशील उत्तर लेख्ने बानीकै कारण सानो कक्षामा म प्रथम भइनँ । अहिले पनि त्यस्तै होला कि भन्ने डर थियो,’ उनले भनिन्, ‘धन्न त्यस्तो भएन भनेर खुसीले...

पुरा पढ्नुहोस
अब जन्मने छोरीलाई स्तातकोत्तर तहसम्म निःशुल्क शिक्षा उपलब्ध

बेझाड । रामपुर नगरपालिकाले अब जन्मने छोरीलाई स्तातकोत्तर तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने भएको छ । पाँचाँै नगरसभामा नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रममार्फत आर्थिक वर्ष २०७६÷७७ देखि जन्म हुने सबै छोरीलाई स्नातकोत्तर तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने बताइएको छ । नगरप्रमुख रमणबहादुर थापाले स्वास्थ्य संस्थामा बच्चा जन्माउने आमालाई बीमाको व्यवस्था गरिएको र छोरी जन्मिएमा पाँच सय रुपैयाँ थप प्रदान गर्ने बताउनुभयो । लैङ्गिक समानता तथा समावेशीकरणका लागि उपभोक्ता समिति गठनमा...

पुरा पढ्नुहोस
कृषि, पर्यटन र उद्योग क्षेत्रलाई विशेष प्राथमिकतामा

पोखरा । गण्डकी प्रदेश सरकारले भौतिक पूर्वाधार, कृषि, पर्यटन र उद्योग क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले सबैभन्दा बढी रकम भौतिक पूर्वाधार निर्माण शीर्षकमा विनियोजन गरेको छ । आगामी आर्थिक वर्षका लागि रु ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजार रकम विनियोजन गरेकामा प्रदेश सरकारले सडक पूर्वाधार निर्माणका लागि कुल बजेटको एक चौथाइ अर्थात् रु आठ अर्ब १८ करोड रकम विनियोजन गरेको हो । प्रदेश...

पुरा पढ्नुहोस