शिक्षा

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई संसारकै प्रमुख अनुसन्धान केन्द्र

भैरहवा । लुम्बिनी बौद्ध विश्वविद्यालयलाई संसारकै प्रमुख अनुसन्धान केन्द्र बनाउने गरी तयारी थालिएको बताइएको छ । विश्वविद्यालयको केन्द्रिय क्याम्पस लुम्बिनीमा आयोजित एक कार्यक्रममा बोल्दै विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. हृदय रत्न बज्राचार्यले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई अनुसन्धानको क्षेत्रमा संसारकै महत्वपुर्ण केन्द्रको रुपमा स्थापीत गरिने बताए । उनले भने , बौद्ध धर्म, दर्शनका ऐतिहासीक ग्रन्थहरु पाईने विश्वकै ठूलो पुस्ताकालय पनि लुम्बिनीमा स्थापीत गरिनेछ । ताकी बुद्धिज्मका अनुसन्धानकर्ता लुम्बिनी आउनेछन् । उपकुलपति प्रा.डा बज्राचार्यले विश्वविद्यालयको...

पुरा पढ्नुहोस
नेपालमा पहिलोपटक ‘भर्चुअल’ शैक्षिक मेला हुने

काठमाडौं । नेपालमा पहिलोपटक ‘भर्चुअल’ शैक्षिक मेला हुने भएको छ । आगामी १० गतेदेखि १६ जेठसम्म नेपाल एडु फेयर हुन लागेको हो । भर्चुअल शैक्षिक मेलामा देशभरका जुनसुकै स्थानबाट पनि विद्यार्थी तथा अभिभावकले नेपालका शैक्षिक संस्थाबारे जानकारी लिन सक्नेछन् । सूचना प्रविधिको युगमा विद्यार्थी तथा अभिभावकले देशको जुनसुकै कुनाबाट पनि उत्कृष्ट शैक्षिक संस्थाका बारेमा आफ्नो उपयुक्त समयमा जानकारी तथा परामर्श लिन सक्ने नेपाल एडु फेयरका संयोजक सुरेश सिंखडाले जानकारी दिए । भौतिक रूपमा उपस्थित हुनुपर्ने शैक्षिक...

पुरा पढ्नुहोस
दीपमा अभिभावकको लागि अभिमुखिकरण

बुटवल । बुटवल–८ सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलले अभिभावकहरूको लागि अभिमुखिकरण कार्यक्रम गरेको छ । विद्यालयको कक्षा प्लेग्रुप र नर्सरीमा अध्ययनरत विद्यार्थीहरुका करीव १ सय २० जना अभिभावकहरूलाई कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले विद्यालयले तीनवोटा ‘स’लाई अर्थात स्वास्थ्य , संस्कार र शिक्षालाई प्राथमिकता राखेर अगाडी बढेको भन्दै बालबालिकाको चौतर्फी विकासका लागि विद्यालय, अभिभावक र शिक्षकको त्रिकोणात्मक भूमिका हुने बताउनु भयो । कार्यक्रममा उत्कृष्ट अभिभावक कला...

पुरा पढ्नुहोस
लाईफ चेन्जिङ्ग ट्रेनिङ सम्पन्न

बुटवल । बुटवलमा सञ्चालित एक महिने लाईफ चेन्जिङ्ग ट्रेनिङ सम्पन्नभएको छ । लाईफ एजुकेशनको आयोजनामाभएको तालिममा एसइइ दिएर बसेका २० जनाप्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । प्रशिक्षार्थीहरुमा सकारात्मक सोचको विकास गराउने उद्देश्यका साथआयोजित तालिममा विभिन्न क्रियाकलापहरुको माध्यमबाट प्रयोगात्मक तालिम प्रदान गरिएको थियो । तालिममा जीवन जिउने कला, वाककला, नेतृत्वविकास, स्टेज उदघोषण लगायतका विषयहरु समेटिएको थियो । तालिम समापन समारोहमा बोल्दै सनराईज बैंकका प्रदेश नं ५ प्रमुख राजेन्द्र घिमिरेले फुसर्दको समयमा रहेका विद्यार्थीहरुले...

पुरा पढ्नुहोस
प्रधानाध्यापक तथा शिक्षकहरुलाई आई सि टी तालिम

कञ्चन । कञ्चन गाउपलिका,शिक्षायुवा तथा खेलकुद शाखाको आयोजनामा ५ दिने प्रधानाध्यापक तथा शिक्षकहरुलाई नबिनतम प्रबिधि सम्बन्धी आई सि टी सम्बन्धी तालिम हिजो देखि हरैया माध्यमिक बिधालयमा शुरु भएको छ। हरैया माध्यमिक बिद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष यम बहादुर क्षेत्रीको अध्यक्षतामा शुरु भएको तालिमको कञ्चन गाउपालिकाका अध्यक्ष तथा गाउ शिक्षा समितिका संयोजक गोकर्ण बहादुर क्षेत्रीले शुभारम्भ गर्नु भएको हो। तालिमको शुभारम्भ गर्दै क्षेत्रीले आई सि टी तालिमले बिद्यालयका प्रधानाध्यापक तथा बिषय शिक्षकहरुलाई...

पुरा पढ्नुहोस
निःशुल्क कम्प्यूटर प्रशिक्षण उपलब्ध

 रूपन्देही। रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसका प्राध्यापक तथा कर्मचारीका लागि सञ्चालित आधारभूत कम्प्यूटर प्रशिक्षण बुधबार क्याम्पसमा समापन भएको छ । प्रशिक्षण समापन गर्दै क्याम्पस प्रमुख मोहनराज शर्माले प्राज्ञिक कार्य तथा अनुसन्धानको क्षेत्रमा प्राध्यापकहरूलाई गतिशील बनाउन क्याम्पसले निःशुल्क कम्प्यूटर प्रशिक्षण उपलब्ध गराएको बताउनुभयो । क्याम्पसको अनुसन्धान व्यवस्थापन समितिका सदस्य ताराप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशिक्षक हेमलाल गौतमले प्राध्यापक तथा कर्मचारीहरूमा सिकाईको उत्सुकता देखेर आफू प्रभावित भएको बताउनुभयो । अनुसन्धान व्यवस्थापन समितिका सदस्य...

पुरा पढ्नुहोस
विद्यालयमा ४ जना मात्र विद्यार्थी

रुकुम । रुकुम को सिस्ने गाउँपालिका–८, धपेस्थित जनसुधार आधारभूत विद्यालयमा ४ जना मात्र विद्यार्थी पाइएको छ। ५ कक्षासम्म रहेको सो विद्यालयमा यस वर्ष दुईवटा कक्षामा मात्र विद्यार्थी भर्ना भएका छन्। विद्यालयको बाल विकास केन्द्रमा तीनजना र कक्षा २ मा एक गरी चालु शैक्षिक सत्रको शुक्रबारसम्म चारजना मात्र विद्यार्थी भर्ना भएको विद्यालयले जानकारी दिएको छ। १, ३, ४ र ५ कक्षामा एकजना पनि विद्यार्थी भर्ना भएका छैनन्।  विद्यालय वैशाख महिना बित्नलाग्दा समेत...

पुरा पढ्नुहोस
प्यूठान नगरपालिका ८ पहिलो बालमैत्री वडा बन्यो

प्यूठान । प्यूठान नगरपालिका ८ धर्मावती स्थानीय तह पछिको पहिलो बालमैत्री वडा घोषणा भएको छ । प्यूठान नगरपालिकाको स्थानीय बालमैत्री शासन, रणनीति र कार्यान्वयन कार्यविधि अनुसार सूचकहरु पुरा गरी बालमैत्री वडा घोषणा भएको हो । “बाल बालिकामा लगानी लगाऔं, बालमैत्री अभियानमा सहभागी बनौं” भन्ने नाराका साथ बामैत्री वडा घोषणा गरिएको छ । बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता वडाले बालमैत्री अभियानहरु सञ्चालन गरी आवश्यक चरणहरु बालमैत्री स्थानीय शासनको...

पुरा पढ्नुहोस
शिक्षा सुधारको योजना बनाउँदै

दाङ  । सार्वजनिक शिक्षा सुधारका लागि तुलसीपुर उपमहानगरपालिकाले योजना निर्माण गर्न लागेको छ । सार्वजनिक विद्यालयको सिकाई उपलब्धि आशातित रुपमा राम्रो हुन नसकेपछि उपमहानगरपालिकाले विभिन्न क्षेत्रका व्यक्तिहरुबाट शैक्षिक सुधारको योजना निर्माण गर्न लागेको शिक्षा प्रमुख भाष्कर गौतमले जानकारी दिए । उनले पहिलो चरणमा विभिन्न पेशागत शिक्षक नेतृत्वसँग छलफल तथा सुझाव संकलनको काम अगाडि बढाएको समेत बताए । ‘विभिन्न क्षेत्रका व्यक्तिहरुसँग छलफल गर्नेछौ’ उनले भने । विभिन्न पेशागत संगठनका ३० जना शिक्षकहरुको सहभागितामा...

पुरा पढ्नुहोस
८ महीनादेखि क्याम्पसमा आन्दोलन

नवलपरासी । पश्चिम नवलपरासीमा अवस्थित एक मात्र त्रिभुवन क्याम्पस बेलाटारी यतिबेला अलपत्र परेको छ । आठ महीनादेखि विद्यार्थीको निरन्तर आन्दोलन जारी छ । क्याम्पसमा लामो समयदेखि वैधानिक सञ्चालक समितिसमेत नहुनु र क्याम्पसप्रमुखले समेत राजीनामा दिएपछि क्याम्पस यतिबेला अलपत्र परेको हो । अहिले चार महीनादेखि शिक्षकले पारिश्रमिक पाएका छैनन् । यसैगरी शुल्क बढाएको विरोधमा अध्ययनरत विद्यार्थीहरुले आठ महीनादेखि विभिन्न चरणको आन्दोलन जारी राखेका छन् । क्याम्पसमा लामो समयसम्म प्रमुख नहुनु र व्यवस्थापन...

पुरा पढ्नुहोस