शिक्षा

हरैया माबिमा हस्तलेखन तालिम

तारा पौडेल कन्चन । हरैया माबिमा बिद्यार्थीहरुको लागी ६ दिने हस्तलेखन तालिम सुरु भएको छ । कञ्चन गाँउपालिका वडा नम्बर ३ मा रहेको हरैया माध्यामिक बिद्यालयमा बुधबार देखी ६ दिने हस्तलेखन तालिम सुरु भएको हो । कक्षा ३ देखी ९ सम्मका करिब ५ सय बिद्यार्थीहरु सहभागी भएको उक्त तालिममा अङ्ग्रेजी र नेपाली दुवैमा अक्षर राम्रो बनाउने उद्देश्य राखिएको छ । बिद्यालयका प्रधानाध्यापक मेघनाथ शर्माले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्दै तालिमको उद्घाटन गर्नुभएको थियो ।...

पुरा पढ्नुहोस
विद्यार्थीभन्दा निरीक्षकको सङ्ख्या धेरै !

दाङ  । जिल्लामा एसइईको ग्रेड वृद्धिको परीक्षामा विद्यार्थीको निकै न्यून सहभागिता देखिएको छ । ठूलो सङ्ख्यामा परीक्षा केन्द्रमा शिक्षक, कर्मचारी, सुरक्षाकर्मी खटाइए पनि विद्यार्थी सङ्ख्याभन्दा निरीक्षकको सङ्ख्या धेरै पाइएको छ । आइतबार अङ्ग्रेजीको परीक्षा दिएका विद्यार्थीले सोमबार नेपालीको परीक्षा दिएका थिए । सोमबार चलेको नेपाली विषयको परीक्षामा घोराहीको दीपशिखा माविमा तोकिएको केन्द्रमा विद्यार्थीको शून्य सहभागिता रहेको थियो । नेपाली विद्यार्थीको केन्द्र परेको दीपशिखामा त्यही विद्यार्थी अनुपस्थिति भएपछि परीक्षा केन्द्र परीक्षा अवधिभर...

पुरा पढ्नुहोस
प्रस्तावित राष्ट्रिय शिक्षा नीति गुपचुप

काठमाडौँ । उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक नगरेको सरकारले प्रस्तावित राष्ट्रिय शिक्षा नीतिसमेत गुपचुप राखेको छ । यो खबर आजको कान्तिपुर दैनिकमा सुदीप कैनीले लेखेका छन् । मन्त्रिपरिषद्बाट अन्तिम टुंगो लगाउने तयारीमा रहेको नीतिबारे सरोकारवाला र मन्त्रालयका उच्च अधिकारीहरूसमेत बेखबर छन् । सरकारले २०२८ सालको नीति विस्थापित गर्न संघीय संरचनाअनुरूप नयाँ शिक्षा नीति ल्याउन लागेको हो । प्रस्तावित नीतिमाथि मन्त्रिपरिषदको सामाजिक समितिमा छलफल भइसकेको छ । तर त्यसमा के कस्ता व्यवस्था छन् भन्ने विषयमा मन्त्रालयका...

पुरा पढ्नुहोस
सकस हुँदै त्रिवि उपकुलपति छान्न

काठमाडौँ । विश्वविद्यालयमा उपकुलपति छनोट कार्य निकै सकसपूर्ण बनेको छ । यो खबर गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले लेखेकी छिन् । उपकुलपति छनोट गर्न साउन १८ गते गठन भएको ‘सर्च कमिटी’ले पहिलोपटक पाएको एक साताको समयावधि गुज्रिएपछि पुनः दोस्रोपटक एकहप्ते समयावधि पाएको छ । सर्च कमिटीले शुक्रबार पुनः एक हप्ता म्याद थपिएको पत्र पाएको हो । त्रिविको उपकुलपति छनोटमा देखिएको सकसबाट अन्य विश्वविद्यालयको पदाधिकारी छनोटमा पनि उस्तै अवस्था आउनसक्ने देखिएको छ ।...

पुरा पढ्नुहोस
देशभरका सामुदायिक विद्यालयका कर्मचारी बुटवलमा

हरिश ढकाल बुटवल । देशभरका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुले राज्यका तिनै तहका सरकारबाट आफुहरु उपेक्षित हुनु परेको गुनासो गरेका छन । सम्पुर्ण बिद्यालयका कर्मचारी एकजुट होऔं, हकहित संरक्षण र अधिकार सुनिश्चित गर्न एकताबद्ध भई उठौं-भन्ने मुल नाराका साथ बुटवलमा आयोजित नेपाल बिद्यालय कर्मचारी युनियनको राष्ट्रिय सम्मेलनमा सहभागिहरुले शिक्षकसँग बराबर समय काम गरेपनि कर्मचारीहरु माथि हेर्ने दृष्टिकोण भेदभावपुर्ण रहेको उनिहरुले बताएका छन । मुलुकभरका झण्डै ३६ हजार सामुदायिक बिद्यालयमा काम गर्ने गैरशिक्षक कर्मचारीहरु...

पुरा पढ्नुहोस
बेहोस हुने समस्याले गर्दा विद्यालय बन्द

बर्दिया । बर्दिया सदरमुकाम गुलरिया नगरपालिकाको खैरापुरस्थित शम्भुशरण माध्यमिक विद्यालय बन्द भएको छ। विद्यालयका छात्रा एक्‍कासी रुन, कराउन तथा बेहोस हुने समस्या देखिएपछि विद्यालय बन्द गरिएको हो । विद्यालयका प्रधानाध्यापक प्रमोदकुमार तिमिल्सिनाले भने-”विद्यालयको कक्षा ८, ९ र १० मा अध्ययनरत छात्रा एक्‍कासी बेहोस हुन थालेपछि विद्यालय बन्द गर्नुपरेको हो,, । स्थानीय स्वास्थ्यकर्मीलाई तत्काल बोलाएर स्वास्थ्य जाँच गर्दा छात्रामा मास हिस्टेरियाको सम्भावना रहेकाले केही समयका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक तिमिल्सिनाले बताए । विद्यालयका...

पुरा पढ्नुहोस
चार शिक्षकको भरमा क्याम्पस

रोल्पा । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त शिक्षाशास्त्र संकायतर्फ जनसंख्या र स्वास्थ्य विषयको पठनपाठन हुँदै आएको पश्चिम रोल्पाको नवनेपाल क्याम्पसमा चारजनामात्र शिक्षकका भरमा चलिरहेको छ। सुन्दा पत्याउनै नसकिने रहे पनि त्रिवेणी गाउँपालिका जुगारमा रहेको यो क्याम्पसमा जनसंख्या र स्वास्थ्य दुवै विषयका शिक्षक छैनन्। एकजना क्याम्पस प्रमुख अंग्रेजीका फुलटाइम शिक्षक हुन् भने बाँकी तीनजनाले पार्टटाइम नेपाली पढाउँछन्। प्रथम वर्षमा ४९, दोस्रो वर्षमा ३२ , तेस्रो वर्षमा ३८ र चौथो वर्षमा २१ जना विद्यार्थी भर्ना...

पुरा पढ्नुहोस
गुणस्तर र प्राबिधिक शिक्षा दिन सके सैनामैना शैक्षिक हब बन्न सक्ने

सैनामैना । सैनामैनाका विद्यार्थीहरुलाई स्थानिय क्षेत्रकै विद्यालयमा अध्ययपन गराउन सके मात्र सैनामैनाको शैक्षिक क्षेत्रको सुधार हुने कुरा सैनामैनाका शैक्षिक संस्थाका प्रचार्यहरुले बताएका छन् । सो बिचार शहिद नारायण पोख्रेल रामापुर क्याम्पसको अयोजनामा  सैनामैनामा उच्च शिक्षाको अवसर र चुनौती विषयक अन्र्तक्रिया कार्यक्रममा ब्यक्त गरिएको हो। कार्यक्रममा बोल्ने बक्ताहरुले सैनामैनाका बालबालिकाहरुलाई विद्यालय स्तरदेखि उच्च तहसम्मको शिक्षा स्थानिय क्षेत्रकै विद्यालयहरुबाट दिलाउनु पर्नेमा कुरामा जोड दिएका छन् । कार्यक्रमका प्रमुख अतिथि सैनामैना नगरपालिकाका कार्यवाहक नगर...

पुरा पढ्नुहोस
सैनामैनामा उच्च शिक्षाको अवसर र चुनौती

सैनामैनार । शहिद नारायण पोख्रेल रामापुर क्याम्पस सैनामैना ६ को आयोजनामा सैनामैनामा “उच्च शिक्षाको अवसर र चुनौती” बिषयके अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रियामा सहभागी अधिकाश सहभागिहरुले सैनामैनामा उच्च शिक्षाको अवसर र त्यसका चुनौतिका बिषयमा बोलेका थिए भने सैनामैनामा प्रबिधिक शिक्षा संचालन गर्नु पर्नेमा समेत जोड दिएका थिए । सैनामैनामा उच्च शिक्षाको अवसर र चुनौती बिषयक कार्यक्रममा क्याम्पसका प्राध्यापक दिनेश पन्थीले शहिद नारायण पोख्रेल रामापुर क्याम्पसको अवस्था र आगामी योजना...

पुरा पढ्नुहोस
खेलौनासंग अक्षर सिक्दै बालबालिका

प्यूठान । रंगिविरंगी पोस्टरले छपक्क छाइएको सानो कोठा । छरपस्ट छरिएका खेलौनाहरु । लहरै बसेका बालबालिकाहरु एकाअर्कासंग खेलौनाहरु साटासाट गर्दै थिए । गुरुआमा (शिक्षिका) कक्षाकोठालाई केन्द्र विन्दु बनाएर चौतर्फी नजर घुमाइरहेकी थिइन । “३ देखि ५ वर्ष उमेर समुहका बालबालिकाहरुलाई काखमा च्यापेर उनीहरुको भविष्य कोरिदिन त्यति सहज त छैन,”–शिक्षिका उर्मिला पण्डितले भनिन् –“तर, उनीहरुको चौतर्फी विकाससंगै म पनि रमाउन पाएकी छु ।” बाल बिकासको सुरुवाती दिनका बालबालिका भन्दा तुलनात्मक रुपमा...

पुरा पढ्नुहोस