अर्थ

१७ अर्ब बराबरको चामल आयत

बुटवल । कृषिप्रधान मुलुक भनिने नेपालले पछिल्लो ७ महिनामा १७ अर्ब रुपैया बराबरको चामल आयत गरेको छ । स्थानीय उत्पादनले माग धान्न नसक्नु तथा खानेबानी परिवर्तन नहुँदा बर्सेनि चामल आयातको ग्राफ बढ्दै गएको हो । यद्यपी, मुलुकबाट धान निर्यात भएर पुनः चामलको रुपमा नेपाल भित्रिने गरेको जानकारहरु बताउँछन् । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङकअनुसार चालू आर्थिक वर्षको ७ महिनामा १७ अर्ब २३ करोड ८५ लाख ३६ हजार रुपैया बराबरको चामल...

पुरा पढ्नुहोस
साना व्यवसायीलाई सरकारले संरक्षण गर्छः मन्त्री गिरी

बुटवल। प्रदेश नम्बर पाँचका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले राज्यले साना व्यवसायीहरूलाई संरक्षण गर्ने बताएका छन् । राज्यको अर्थतन्त्र चलाएमान बनाउन साना व्यवसायीको महत्वपूर्ण योगदान रहेको भन्दै उनले प्रदेश सरकारले साना व्यवसायीको संरक्षण गर्ने स्पष्ट पारे । हाटबजार व्यवसायी संघ जिल्ला समिति रुपन्देहीको १२ औं साधारणसभा तथा सातौं अधिवेशनको मंगलबार बुटवलमा उद्घाटन गर्दै मन्त्री गिरीले हाटबजारको पूर्वाधारहरूको निर्माण गरी साना व्यवसायको संरक्षण गर्न सरकार तयार भएको छ ।...

पुरा पढ्नुहोस
शाईन रेसुङ्गामा अब विदाको दिन पनि बैंकिङ सुविधा

-प्रेम सुनार गुल्मी । साईन रेसुङ्गा डेभलभमेण्ट बैंक लिमिटेड गुल्मी तम्घास र गुल्मीकै बलेटक्सार शाखाले अव देखि वर्षको ३६५ दिन नै बैकिङ सुविधा प्रदान गर्ने भएको छ । चैत्र ३ गते देखि हरेक विदाको दिन विहान ११ वजे देखि २ वजे सम्म बैकिङ सुविधा दिन थालिएको गुल्मी शाखाका सहायक अधिकृत दिवस श्रेष्ठले जानकारी दिए । अरु दिन कार्यालय समयभर र हरेक विदाको दिन उक्त समय अवधीको तिन घण्टा सम्म बैकिङ सुविधा...

पुरा पढ्नुहोस
जनउत्थान बैंक र सक्षम परियोजनाबीच साझेदारी

बुटवल । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, रूपन्देही र युकेएड संक्षम परियोजनाबीच साझेदारी भएको छ । बैंकका ३ वटा शाखा र बैकल्पिक उर्जाका ५०÷५० प्रतिशत साझेदारी गर्ने गरी शुक्रबार रूपन्देहीको सैनामैनामा बैंकका अध्यक्ष बाबुराम विक र सक्षम परियोजनाका प्रमुखले बलजित बोहोरालाई हस्ताक्षर गरे । परियोजना ३ वर्षको हुनेछ । विपन्न तथा पिछडिएका महिलालाई सहज रुपमा कार्यक्रम लगानी गर्ने गरी साझेदारी भएको हो । दाङको लालमटिया र रुपन्देहीको कलौनी शाखालाई पाइलट...

पुरा पढ्नुहोस
सडकको लालपूर्जा व्यक्तिको नाममा , तिरो भने तिर्दै

म्याग्दी । २०५९ सालमा निर्माण भएको जग्गा बेनी–जोमसोम सडकका लागि अधिग्रहण गरिएको अन्नपूर्ण गाउँपालिका–३ दानाका जग्गाधनीले डेढ दशकसम्म पनि मुआब्जा नपाएपनि सडककले अधिग्रहण गरेको जग्गाको तिरो भने तिर्दै आएका छन् । न मुआब्जा, न भोगचलन तर आफ्नो जग्गामा बनेको सडकको समेत कर तिर्नुपर्दा स्थानीय बासिन्दा मर्कामा परेका हुन् । विसं २०५९ मा तत्कालीन नेपाली सेनाले सडक विस्तारको क्रममा परेको खेतीयोग्य जमिन सडकमा परे पनि गर्बुजाकै नाममा लालपुर्जा छ । जग्गा...

पुरा पढ्नुहोस
तरकारीबाटै लाखौ आम्दानी

-सिर्जना घिमिरे पाल्पा  । विदेशमा ८ वर्ष दुख गरेका रामपुर नगरपालिका वडा नम्बर- ८ आपचौरका भेषराज  अर्याल अहिले कृषि कार्यमा रमाउदै हुनुहुन्छ । उमेरले ३४ वर्ष पुगेका अर्याल विदेशमा ८ वर्ष सम्म मेहनत गरेपनि आफ्नै माटोमा जस्तो मेहनत अनुरुपको प्रतिफल नपाएपछि आफ्नै खेतमा विगत ४ वर्षदेखि कृषिबाट मनग्य आम्दानी लिदै आउनुभएको छ । रामपुर नगरपलिका वडानम्बर ८ कटहर टार गैरी खेतमा कालीनदिको किनारमैे ५ रोपनी जग्गामा फलेका काक्रा उहाँले डोकाको डोका बिक्रि...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीको निर्णयका कारण २० हजार मेगावाटका आयोजना अन्योलमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको निर्णयका कारण २० हजार २९४ मेगावाटका ११ ठूला जलविद्युत् आयोजनाको निर्माण अन्योलमा परेको छ । गत फागुन २५ मा बसेको बैठकले ५०० वा यसभन्दा ठूला सबै आयोजनाको पहिचान, छनोट तथा नियमन बोर्डमार्फत अघि बढाउने निर्णय गरेपछि हाल निर्माणमा जान लागेका सबै आयोजनाहरू अन्योलमा परेका हुन् ।बोर्ड बैठकले प्रधानमन्त्रीकै रुचीमा यस्तो निर्णय गरेको हो । ऊर्जा मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभाग र नेपाल...

पुरा पढ्नुहोस
आर्थिक समृद्धिका लागि वन क्षेत्रमा अपार सम्भावना- मन्त्री बस्नेत

काठमाडौँ। वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वन क्षेत्रलाई उचित सदुपयोग गरेर मुलुक समृद्धिको प्रमुख आधार बनाउन सकिने बताएका छन् । सञ्चारकर्मीसँग सोमबार पुल्चोकस्थित आफ्नो सरकारी निवासमा छलफल गर्दै उनले मुलुकको आर्थिक समृद्धिका लागि वन क्षेत्रमा व्यापक र अपार सम्भावना रहेको धारणा समेत व्यक्त गरे। मन्त्री बस्नेतले भने, “वन क्षेत्रमा अपार सम्भावनाका साथै संरक्षण र उपयोगलाई सँगै कसरी लैजाने भन्ने चुनौती पनि छ, यसमा सुशासन अनिवार्य शर्त हुनुपर्छ।” वन क्षेत्रमा थोरै...

पुरा पढ्नुहोस
१५ दिनको अवधिमा १५ करोड नाफा

बुटवल । नेपाल आयल निगमले १५ दिनको अवधिमा १५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । इन्धन विक्रीबाट निगमले नाफा कमाएको हो । निमगले नाफा आर्जन गरेपछि पछिल्लो समय अन्र्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य केही बृद्धि भए पनि स्थानीय बजारमा बृद्धि गरेको छैन । ईन्डियन आयल कर्पोरेसन आईओसी ले १६ मार्चमा पठाएो नयाँ मुल्य सामान्य बढेर आए पनि स्थानीइ बजारमा भने निमगले साविककै मुल्य कामय गरेको हो । करोवार ...

पुरा पढ्नुहोस
ऋण दिन नसक्ने अवस्थामा बैंकहरु

बुटवल । करिव ६ महिनादेखि लगानी गर्ने पैसाको अभाव झेल्दै आएका अधिकांश वाणिज्य बैंकहरु अहिले एक लाख रुपैयाँ पनि ऋण दिन नसक्ने अवस्थामा पुगेका छन् । सर्वसाधारणले बैंकमा पैसा जम्मागर्न नआएपछि पुँजी अभावमका कर्जा लिन आउनेहरु रित्तो हात फर्कन बाध्य भएका छन्। बैंकमा मिलेसम्मको कर्जा प्रवाह गरेको र दैनिक ऋणको माग पनि बढ्दै जाँदा त्यस अनुपातमा निक्षेप संकलन नभएपछि बैंकहरु यस्तो अवस्थामा आएका हुन् । नागरिक दैनिक ...

पुरा पढ्नुहोस