अर्थ

मदिराले धानेको राजश्व

चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरमा सङ्कलन हुने राजश्वको अधिकांश हिस्सा मदिराले धान्ने गरेको छ । चितवन र नवलपुर जिल्ला हेर्ने यस कार्यालयमा सङ्कलन हुने राजश्वको ८७ प्रतिशत हाराहारी वियर र मदिराको हुने गरेको छ । कार्यालयका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म सङ्कलन भएको कूल राजश्व रु २० अर्ब चार करोड ७० लाख ८६ हजारमध्ये रु १७ अर्ब ६७ करोड ९३ लाख ४१ हजार अन्तःशुल्कको रहेको छ । कार्यालयका सूचना...

पुरा पढ्नुहोस
नेपालमा ओपोको एफ ११ लन्च

काठमाडौं । आफ्नो एफसिरिज पोर्टफोलियो अन्तर्गत ओपो मोवाइल कम्पनीले नेपालमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ। कम्पनीले मंगलबार एक कार्यक्रमबीच ओप्पो एफ ११ प्रो लन्च गरेको हो। एफ११ प्रोमा उपभोक्तालाई सहज र उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्ने सोचका साथ ४८एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली, राईजिङ क्यामेरा, पानोरामिक स्क्रिन पनि उपलब्ध छ। एफ ११ प्रो थण्डर ब्ल्याक र अउरोरा ग्रिन गरी दूई चहकिला रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। ...

पुरा पढ्नुहोस
अनाथ आश्रमले अक्षयकोष वृद्धिका लागि महायज्ञ गर्ने

तिलोत्तमा । अनाथ तथा असहाय महिला कल्याण समाज आत्मशान्ति अनाथ आश्रमले अक्षयकोष वृद्धिका लागि महायज्ञ गर्ने भएको छ । आश्रममा आश्रित बालबालिकाहरुको पालनपोषण, शिक्षा, स्वास्थ्यको लागि अक्षयकोष आवश्यक रहेको भन्दै आश्रमले अक्षयकोष वृद्धिका लागि यही बैशाख १५ देखि २३ गतेसम्म महाभारत महापुराण सत्सङ्ग प्रवचन गर्ने भएको हो । आश्रमले स्थापना गरेको अक्षयकोषमा हाल ४२ लाख रुपैयाँ रहेको छ । एक करोड पुर्याउने लक्ष्य राखिएको अक्षयकोषमा दाताहरुले सहयोग गर्ने क्रम जारी रहेको...

पुरा पढ्नुहोस
तिलोत्तमामा २५ करोड राजश्व संकलन

तिलोत्तमा । चालु आर्थिक वर्षको ९ महिनामा तिलोत्तमा नगरपालिकाले २५ करोड २५ लाख रुपैया राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा ३६ करोड ७३ लाख राजश्व संलन गर्ने लक्ष्य लिएको नगरपालिकाले चैत्र मसान्तसम्म ६९ प्रतिशत अर्थात २५ करोड २५ लाख रुपैया राजश्व संकलन गरेको हो । नगरपालिकाले सबैभन्दा बढी राजश्व नदिजन्य पदार्थबाट उठाएको छ । चैत्रसम्म १६ करोड रुपैया नदिजन्य पदार्थबाट उठेको छ । जसलाई प्रतिशतमा हेर्दा कुल राजश्वको ६३...

पुरा पढ्नुहोस
एक वर्षमै ४१ अर्ब २४ करोड राजस्व छुट

काठमाडौं  । सरकारले एक वर्षमा ४१ अर्ब २४ करोड रुपैयाँबराबरको राजस्व छुट दिएको छ । महालेखा परीक्षकको ५६औँ प्रतिवेदनअनुसार सरकारले आव ०७४/७५ मा सो रकमबराबरको राजस्व छुट दिएको छ । अर्थ मन्त्रालयले कार्य सञ्चालन कार्यविधि ०६५ को प्रावधानअनुसार विभिन्न सामग्रीको आयात–निर्यात तथा अन्य कारोबार गर्दा राजस्व छुट दिने व्यवस्था छ । सरकारले यसरी दिने राजस्व छुट तथा कर फिर्ताका विषयमा आलोचना हुने गरे पनि यसको प्रभावकारी समीक्षा हुन नसकेको सरोकारवाला बताउँछन । चालू आर्थिक वर्ष...

पुरा पढ्नुहोस
बंगलादेश नेपालबाट धागो आयात गर्न इच्छुक

काठमाडौं  । नेपालबाट धागो आयात गर्न बंगलादेश इच्छुक देखिएको छ । नेपालका लागि बंगलादेशका राजदूत मास्फी बिन्ते साम्सले नेपालबाट धागो आयात गर्न बंगलादेश इच्छुक रहेको  बताएकी छिन । नेपाल उद्योग परिसंघको कार्यालयमा भएको छलफल कार्यक्रममा उनले नेपाली वस्तु बंगलादेशमा सहुलियतपूर्ण निकासीका लागि सहयोग गर्ने बताइन । उनले दुवै मुुलुक सुविधायुक्त व्यापार सम्झौता गर्न सकारात्मक रहेको र उक्त सम्झौताको मस्यौदा नेपाल सरकारमा समेत पेस भइसकेको बताउँदै चाँडै सो सम्झौतामा निर्णय हुने विश्वास व्यक्त...

पुरा पढ्नुहोस
राजश्वमा गुणात्मक वृद्धि गर्न निर्देशन

चितवन ।  करको दायरा बढाएर राजश्वमा गुणात्मक वृद्धि गर्न अर्थमन्त्री डा युवराज खतिवडाले निर्देशन दिएका छन । आन्तरिक राजश्व कार्यालय भरतपुरका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री खतिवडाले सङ्ख्या मात्रै भन्दा राजश्वमा गुणात्मक वृद्धि गर्न निर्देशन दिएका हुन । करमा दर्ता मात्रै हुने तर राजश्व तिर्ने गरी व्यवसाय गर्ने कम भएको भन्दै उनले व्यवसाय गर्ने करदातालाई करको दायरामा ल्याउन निर्देशन दिए । आर्थिक ऐन २०७५ ले गरेका व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयन गर्न...

पुरा पढ्नुहोस
सभा सदस्य भट्टराइद्धारा पक्की पुल निर्माणका लागि सम्भाव्यता अध्ययन

कञ्चन । राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराइले कञ्चन गाउपालिका वार्ड नं २ कटुवाघाट बाट गैडहवा वार्ड नं ७ ऐचालवल जोड्ने कञ्चन खोलामा पक्की पुल निर्माणका लागि सम्भाव्यता अध्ययन गरेका छन। अध्ययन टोलीमा कञ्चन २ का शेर बहादुर थारु र इन्जिनियर गोपाल खड्का समेत सहभागी रहेका थिए।अध्ययन पछि पक्की पुल निर्माण गर्न डिपिआर तयार गर्न समेत सम्बन्धित बिभागका इन्जिनियर गोपाल खड्कालाइ निर्देशन दिदै जनताको आधारभुत आवस्यकतालाई नेकपाको सरकार प्रतिबद्ध भएको र...

पुरा पढ्नुहोस
शिवशक्ती टोललाई धार्मिक पर्यटकिय स्थल बनाइने

सैनामैना । रुपन्देहीको सैनामैना वडा नं ७ शिवशक्ती टोलका स्थापित दुर्गा भवानी मन्दिरको उद्घाटन सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले एक समारोहका बिच गरेका छन । मन्दिर उद्घाटन गर्दै नगर प्रमुख कार्कीले मन्दिरको थप ब्यबस्थापन र बाकी मुर्तिहरुको पदस्थापन गर्नको लागी नगरपालिकाले सहयोग गर्ने बताउदै केही महिना अगाडी आफैले शिलयान्स गरेको मन्दिर स्थानियको सहक्रियतामा तिव्र गति सम्पन्न भएको देख्दा उत्साहित भएको र शिवशक्ती टोललाई एक पर्यटकीय क्षेत्रको रुपमा बिकास गरिने...

पुरा पढ्नुहोस
एनआइसीले ल्यायो २२ चमत्कारी बिशेष योजनाहरु

कञ्चन । एन आइ सी एसिया बैंकले आफ्नो स्थापनाको २२ औं बर्षको अवसर पारेर उच्च ब्याजदरका बिभिन्न निक्षेप योजानाहरु आफ्ना उपभोक्ताहरु माझ ल्याएको छ। बैंकले बिभिन्न बिशेषता सहितका १५ नया चमत्कारिक बचत निक्षेप योजनाहरु देश भर एकैसाथ ल्याएको हो । यस बैंकको २ सय ८१ वटा शाखा कार्यलयहरु मध्ये रुपन्देही जिल्लाकै पश्चिम तथा ग्रामिण क्षेत्रमा रहेको रुद्रपुर शाखा कार्यलयमा पनि यो योजना लागु गरिएको रुद्रपुर शाखा प्रमुख हरि पौडेललले जानकारी...

पुरा पढ्नुहोस