लुटिदै स्वतन्त्रता भोग्दै निरङ्कुसता

“चोरी धन्दालाई पर्दामा राखेर गोरेको सुन आफ्नो अनुहारमा चम्काउदै गोरेलाई नै पक्राउ गरेको त्यो ठूलो पर्दालाई जनताको आखामा हालेर लोकप्रिय बन्दै भित्र भित्रै हत्यारालाई निकाली पार्टी कार्यलयमा पुजा गरेको विचित्रको कथा देख्दा लाग्दैछ पञ्चायत होइन पञ्चायतको बाउ भित्रिदै छ देशमा ।”

 

सुर्य प्रसाद खनाल , गुल्मी

धेरै बर्षको संर्घष र सहिदको बलिदानले पाएको स्वतन्त्रता आज लुटिदै छ बिस्तारै बिस्तारै । खुल्ला ठाउँमा आफ्ना माग राख्न पाउने अधिकारबाट नजान्नीदो तरिकाले बन्देज लगाउदै छ सरकार । वाक स्वतन्त्रतामाथीको दमनका तमाम उदाहरण छोटै समयमा देखि सकियो । सोधपुछ र छानविन गर्ने निकायहरु बिचरा मुखमा टेप बाधीरहे । भोली हाम्रो पनि मुख थुनिने छ त्यसको बिहानी आजै हेरिसकीएको छ नदेख्नेले भोली भोग्नुपर्नेछ । हत्याराहरुलाई फुल माला लगाएर पार्टी कार्यलयहरुमा पुजा आरधना गरेको चित्रको विचित्र राम्रै महसुस हुन थालेको छ , यो विचित्रले कसैलाई सुमधुर मुरेलीको स्वर मानेर रमाइरहेको पनि देखियो । तर जस्ले ज्यान गुमाएको थियो त्यसका परिवार चिच्चाई चिच्चाई रोएको नदेख्दा फेरि राणा शासनको झल्को यो सरकारले दिएको महसुस भएको छ ।

भष्ट्रचारीलाई संरक्षण गर्दै खुरापातिको आडमा दुईतिहाइको दम्भले जनताकै टाउकामा टेकेर पीसाब फेर्दै आनन्द लिइरहेको यो सरकार र त्यसका नाईकेहरुले अब प्रेश माथी छर्रा बर्साउन थालीसके । यसको अर्थ हो बर्तमान सरकार र त्यसका नाइकेहरुको करतुत जनतासामु जाने बाटोको बन्द गर्दै प्रेश स्वतन्त्रताको मुख थुनेर राज्यको ढुकुटीमाथी रजाई गर्ने सपनाको प्राप्ती । चोरी धन्दालाई पर्दामा राखेर गोरेको सुन आफ्नो अनुहारमा चम्काउदै गोरेलाई नै पक्राउ गरेको त्यो ठूलो पर्दालाई जनताको आखामा हालेर लोकप्रिय बन्दै भित्र भित्रै हत्यारालाई निकाली पार्टी कार्यलयमा पुजा गरेको विचित्रको कथा देख्दा लाग्दैछ पञ्चायत होइन पञ्चायतको बाउ भित्रिदै छ देशमा ।

रोचक प्रशंग के देखिन थालेका छन भने महंगीको विरुद्धमा बोल्नेहरुलाई आन्दोलन सकेर चिया पसलमा बसेको समयमा खोजी खोजी गोद्न लगाएको छ यो सरकार । कँहि कतै सरकारले गरेका काममा सुझाव दिने वर्गलाई र स्थानलाई निषेधीत क्षेत्रको घोषणा गर्दै छ । सरकारका नाईकेहरुले चोरेको सम्पतिको सोधपुज गर्न पाउने अधिकार कोहि कसैमा नहुने बनाउदै छ । कालो धन्दाको पर्दाफास गर्ने राज्यको अङ्ग पत्रकारीतालाई डोरीले कसेर आफै कलम घुमाएको छ आफुले चाहे जस्तो कलम र मुख नघुमेको सन्र्दभमा ति कलमहरु भाँचेर फ्ँयाकेको छ , मुखहरु बन्द गरिदीएको छ र आफु एकोहोरो नाँचेको छ त्यसैले यो सरकारले पञ्चायत र राणाको झल्को दिलाएको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस