मानबतालाई दानव बनाउने पुजिबाद

नविन पन्थी

दाङ । केही दिन पहिले कलेजको साथिको दुर्घटनाको बिषयमा हामी किर्तिपुर प्रहरी बृतको मुद्दा फाटमा बसेर छलफल गर्दै थियौ,यतिकैमा एक जना वृद्ध बुबा र अर्को एकजना अन्दाजी ४०-५० उमेरको दाईको आगमन हुन्छ सर कोहो भेटिएको छ रे नि ? प्रहरी हो आज बिहानै भेटीएको एउटा लासको फोटो छ।”वृद्धू “मेरो छोरो हराएको आज चार पाँच दिन भो खै फोटो हेरुम त ?  प्रहरी हुलिया त युबाकै छ हेर्नुस त मर्निङ्ग बाकमा निस्किएको मान्छे जस्तो छ,दुई चार दिनदेखी पानीमा रहेकाले हेर्नुस त भन्दै आफनो फोनमा फोटो देखाउछन् ,प्रहरीले निलो गोल्ड स्टार जुत्ता,कालो ९० लेखेको ट्राउजर र निलो भालेको लोगो भएको कल्बको जर्सी लगाको छ तपाईं छोरा ले के लगाउनु भको थियो ? “वृद्धू” त्यो त खै टोलाउदै थाहा भएन तर मनिङ्ग बाकमा निस्किएपछि सम्पर्क मै छैन छोरा हराएको छ ।

प्रहरी खै फोटो हेरुम तू वृद्धू ल हेर्नुस त? प्रहरी अर्को छैन वृद्धले गोजीबाट पासपोट साईजको ठूलो फोटो लिदै  प्रहरिलाई देखाए । प्रहरीले शब टिचिन्ङ्ग अस्पतालमा राखिएकोले उतै जान आग्रह गरे तर वृद्ध ब्यक्तिले आफ्नो छोरो नभएको आकलन गर्दै थिए अझ पनि छोरा जिबित भेटिने आशा लिएर अस्पताल तिर खिन्नहुदै लागे।

उनी निस्किएपछि बुढाकै छोरा भएको सबैले आँकलन गरे म भने वृद्धको बैशाखि नभाचियोस भन्ने कल्पना गरिरहे। केही बर्ष पहिले गाउँले समाजमा जहाँ एक घरमा केही मीठो कुरा पाक्दा अर्को घरलाई बोलाई बोलाई नखुबाउदासम्म हाम्री हजुरआमा नैली बजैको चित्त कहाँ बुभ्ने थियो  ।

गाँउमा अम्बा,उखु,अमिलो,आरु बखडा पाक्दा छिमेकिका भुरा भरी आएर खादा र खुबाउन पाउँदा बज्जै सार्है खुशी हुने गर्नुहुन्थ्यो,सबै  परिबारमा बस्दाको मज्जा बेग्लै थियो   । हजुरबुबा र हजुरआमाका साथिहरु  नातिनातिना हुनेगर्थे ,  उनिहरुलाई स्याहार गर्दै संगै खेल्दा बाजे बजैको आयु जहिले पनि बढेकै हुन्थ्यो।

बिहान साझ खाना खाने बेलामा छोराछोरि,नातिनातिनी कसैले खाना कम खाए किन आज यसलाई के भो भनेर घरमा क्याबिनेट बैठक नै बस्थियो कसैलाई पनि एक्लोपनको महशुस नहुने घर थियो। मानौं परिबार नै सुन्दर शान्त र विशाल देश थियो।

यति बिकास भोकी आज बाजे बजै सङ्ग कोहि पनि छैनन् ,छन् त केबल फुर्सा यादहरु सम्झनामा केही थान खुशी आज गाउँ शून्य छ,पधेरो मुनिको चौतारो  खाली छ,ठुला पोखरीको बरिपरि झाडि बनिसकेको छ अनि पिपलको रुखमा आज पिङ्ग छैन सुनसान छ,पहिला त्यहाँ बसेर जुनकिरोको उज्यालोमा बासुरि बजाउने ति राईला बाजे अनि उहाँ सङ्गै झुम्मिने केटाकेटीहरु आज सहरमा आफ्ना ड्याडी मम्मि सङ्ग छन्,दिउसो स्कुल जान्छन् बेलुका घर फर्किएपछि होमवर्ककै चटारो उसका बुबा र आमा सङ्ग उसका लागि समय नै छैन , छ त केबल पैसा छ र पुँजी जसले उ रिसाउदा पनि फोन,आईप्याड,ल्यापटप दिएर फकाईन्छ उ पनि भर्जुअल दुनियाँ रमाउने भएको छ।

आज उसलाई बाबू आमा भन्दा पनि डिपाट्मेण्ट पसलका गुडियाहरु राम्रा लाग्दछन् । पुजिबादले आज मानिसलाई यति उपभोक्ताबादी बनाको छ कि आज बाजे बजै आउँदा उनीहरु खुशिमा छैनन्  नातिनातिनी बजारमा आएको नयाँ मोटर बाईक नपाउदाको बिलौना छाड्छन्  आज सहरमा बस्ने उसका ड्याडी मम्मिलाई पनि गाउँबाट आउने पाउनाहरु देख्दा दिक्क लाग्छ ।

किनकि यो शहरको महङ्गी र आबश्यकता भन्दा माथी उठ्न नस्कनु र शहरले यस्तो बनाएको छ ,कि आज पुजि अनुसारका आफन्तहरु हुन्छन् ,हिजो जात,घर्म,भाषा भेष रहनसहनको आधारमा बर्ग हुन्थ्यो आज लाग्छ पुजिकै आधारमा आफन्तहरु बनाईन्छन्।

आज घरको सदस्यहरु एक आपसमा देखा मात्र पर्छन् एकोहोरो मुहार नहेरेको बषौं भएको छ,आधी घण्टा घरका सद्स्यको क्याबिनेट बस्न सक्दैन् ,सबैलाई हतारो छ चटारो आफ्नो खुशी भन्दा पनि फलानाको बिलैनामा रमाउने बानी छ र त उ आज एक्लो छ , छ त केबल उसंग उच्च  महत्बकान्छा,अहंकार र,पुजिबादी हुनुको घमण्ड छ, उसले बिस्तारै रोज्छ पुजिबाद्को चरम आनन्द आत्महत्या।हिजोको जस्तो घर्म,जात,भाषाभेषको आधारमा विभेद छैन त्यो राम्रो कुरा हो।

आज पुजिको आधारमा जुन विभेद छ यो निन्दनीय छ। ऐतिहासिक भौतिक बादको नियम अनुसार समाज बिकसित हुँदै छ यो राम्रो कुरा हो र तर पुजिबाद्को यो चरण पछि समाजबाद हुँदै साम्यवाद त आउछ्  तर पुजिबादी संसारमा बाच्दा मानबता र खुशी हाम्रो समाज र नारा छिमेकी जिउदाको जन्ती र मर्दाको मलामी नबिसौं !

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस