सन्दर्भ विश्व रेडियो दिवश…….

सुुचनाको सहज पहुुँच भएको सञ्चारको अत्यन्तै सहज माध्यमका रुपमा चिनीदै आएको रेडियोको ईतिहास अठारौं शताब्दीबाट शुुरु भएको मानिन्छ।

विकीपेडीयाका अनुुसार जर्मनी नागरीक मार्कोनीले १८९४ मा रेडियोको अविस्कार गरीसकेपछी संसारमा रेडीयोको अत्यन्तै महत्व बढ्दै गएको मानिन्छ।

संसारमा चलेको प्रथम तथा दोश्रो विश्व युुद्धपछी भएका संञ्चारको परिवर्तनसंगै मानव समुुदायलाई सुु-सुुचीत गर्ने अभियान संगीतको माध्यमबाट भएको हो। युुद्धले थिलो-थिलो भएको मानव जगतले विस्तारै विकास तथा मनोरञ्जनपनी संगै जोडिएर आउदछ।

जसमा रेडीयोको भुुमीका अत्यन्तै महत्वपुुर्ण रहेको छ। आजपनी एक अध्ययनका अनुुसार सुुचनाको सहज पहुुंच आम नागरीकका लागी रेडीयो भएको पुुष्टी भएको छ।नेपालमा रेडियो नेपालको स्थापना २ अप्रील १९५१ मा भएको हो भने ६२/६३ को जनआन्दोलन र लोकतन्त्रको बहालीपछी नेपालमा करीब ७ सय रेडियोले ईजाजत लिएका छन जसमध्ये करीब ३५० सामुुदायीक रेडीयोहरु नेपालमासञ्चालीत छन।

सामुुदायीक रेडीयो प्रशारक संघमा दर्ता हुुन आएको तथ्यांक अनुुसारको यो संख्या हो। नेपालमा सरकारी सञ्चार माध्यम पछी को पहीलो समुुदायको रेडीयो रेडीयो सगरमाथा हो । विभिन्न प्रयासका बाबजुुद गोपाल गुुरागाई रघुु मैनाली लगायातको टिमले ठुुलो संघर्ष गरेपछी २०५४ जेष्ठ ५ गते रेडीयो सगरमाथा स्थापना गर्न सफल भएको हो।

सरकारी सञ्चार माध्यमले आम नागरीकको आवाजलाई प्रतिनिधित्व गर्न नसकेको हुुंदा झलनाथ खनाल सञ्चार मन्त्री हुुंदा नेपालमा समुुदाय स्तरमा जनताका लागी पहीलो पटक सगरमाथा रेडीयोले ईजाजत पाएको हो। त्यसैको फलस्वरुप सञ्चार माध्यमले जनताको पक्षमा बोल्ने अवशर पाए र जनताको आवाज पनी सञ्चार माध्यमहरुले भन्न थाले ।

नेपालको हरेक सञ्चार माध्यमले आफ्नो भुुमीका निर्वाह गरेकै छन तर सामुुदायीक रेडियोले नेपाली जन जीवनमा एक विशिष्ट पहिचान बनाएको छ। नेपालमा बोलीने अधिकांश भाषा भाषि मध्ये करीब ७० भाषामा आफ्नो कार्यक्रम तथा समाचार सम्प्रेषण गर्दछन। कतीपय ठाउँ यस्ता छन, जहा कुुनै पनी सञ्चार माध्यम नभएको स्थानमा रेडीयो मात्र एक सञ्चार हो । जो एक्लै नागरीकका पक्षमा पैरबी गर्दछ।

रेडीयो सञ्चार ग्रहणका लागी पनी सहज तथा निरक्षर नागरीक जो कानले सुुने मात्र पुुग्ने भएकाले पनी रेडियो आम नागरीककका लागी अत्यन्तै लोकप्रीय माध्यम बनेको छ।

करीब तिन दशकको रेडीयो अभियानले आम नागरीकलाई सु-सुुचीत मात्र गरेन आफ्ना अधिकार स्थापित गर्ने कुुरा देखी लिएर आफ्नो दायित्व निर्बाह कसरी गर्ने भन्ने जिम्मेवारी बहन गर्न पनी सिकाउने अभियानमा सुुचनाको बलीयो आधार रेडीयो बनेको छ। प्रत्येकको हातमा मोबाईल र मोबाईलमा रेडीयो र विभीन्न अनलाईनका माध्यमबाट पनी आज रेडीयो स्थानीय मात्र नभएर संसारमा एकसाथ सुुन्न सकीने अवस्था आएको छ।

विश्व रेडियो दिवश सन्दर्भमा

2019 Theme: Dialogue, Tolerance and Peace

Broadcasts that provide a platform for dialogue and democratic debate over issues, such as migration or violence against women, can help to raise awareness among listeners and inspire understanding for new perspectives in paving the way for positive action.Radio programming can also build tolerance and surpass the differences separating groups by uniting them under common goals and causes, like ensuring education for one’s children or addressing local health concerns.

संयुुक्त राष्ट्र संघले सन २०११ मा आह्वान गरीसकेपछी २०१२ बाट विश्व रेडियो दिवशका रुपमा मनाउने परम्परा बसेको हो। बिगत ८ वर्ष अगाडिबाट १३ फेब्रुुअरी लाई हरेक वर्ष संसारभर विश्व रेडियो दिवशका रुपमा मनाउने परम्परा जस्तै नेपालका रेडियोहरुले पनि १३ फेब्रुुअरी लाई भब्यताका साथ मनाउने गरेका छन।

यस वर्ष सामुुदायीक रेडियो प्रशारक संघ (एकोर्याब) ले कर्णाली प्रदेशको राजधानी सुुर्खेतमा मनाउने निर्णय गरे संगै भब्यताका साथ सञ्चार मन्त्री गोकुुल बास्कोटाले उद्धघाटन गरी मनाएको हो।

उद्धघाटन गर्दे मन्त्री बास्कोटाले सामुुदायीक रेडियोका हकमा सम्बोधन गर्ने बाचा गर्दे नकारात्मक कुुरा भन्दापनी सकारात्मक बाटोमा समाजलाई डोर्याउन आग्रह गर्नुुभयो। नियमनका हकमा नराम्रो काम गर्ने छुुट कसैलाई नभएको भन्दै कानुुन भन्दा माथी कोही हुुन नसक्ने बताउँदै सरकार मिडीया संग सहकार्य गरेर अगाढी बढ्न चाहेको समेत उद्धघोष गर्नुुभयो।

साथमा कर्णाली प्रदेशका मुुख्य मन्त्री महेन्द्र शाही नेकपाका युुवा नेता योगेश भट्राईको गरीमामय उपस्थिति रहेको थियो भने नेपाली काँग्रेसका नेता पुुर्व सहकारी तथा गरिबि निबारण मन्त्री ह्दयराम थानी, कर्णाली प्रदेशका कानुुन मन्त्री नरेश भण्डारीको उपस्थीती रहेको थियो। साथमा स्थानीय समाजसेवी, राजनीतीज्ञ, सुुरक्षा निकाय तथा सदस्य रेडीयो स्टेशनका प्रतिनिधि तथा सामुुदायीक सुुचना नेटवर्क सिआईएनका अधिकांस अभियन्ताको कार्यक्रममा उपस्थीती रहेको हो।

विश्व रेडीयो दिवशका सन्दर्भमा केही अभियन्ताको भनाईहरु:

एसीया प्रसान्त क्षेत्रीय संयोजक सुुमन बस्नेत:

संवाद, सहनसीलता र शान्ती आठौं विश्व रेडियो दिवशको मुुख्य अभीयान हो । तर विभिन्न राष्ट्रका आफ्ना(आफ्ना खालका विविधता र समस्या रहेका छन । यो अभियानलाई बिश्वका सामुुदागिक रेडियोले आ–आफ्नै ढंगबाट समुुदायमा सुुचना प्रवाह गर्ने गर्दछन । बस्नेतका अनुुसार नेपालका हरेक गाउँ बस्तीमा जनस्तरमा सुुचना प्रबाह गर्ने माध्यम भनेकै सामुुदायीक रेडियो हो भनेर दाबी गर्न सकीन्छ।

एसीया प्रसान्त क्षेत्रीय उपाध्यक्ष तथा सामुुदायीक रेडीयो प्रसारक संघका अध्यक्ष सुुवास खतीवडाː

सामुुदायीक रेडियो नेपाली संचार माध्यमको एक शसक्त माध्यम हो । आम नागरिकमा पहुुच भएको संस्था हो। समुुदायको सञ्चालनमा समुुदायकै आवाज बोल्ने सामुुदायीक रेडियो हो। नेपालमा सामाजिक एकता कायम गर्ने बिभिन्न जात-जातीको कला संस्कृती र कुुरीतीको अन्त्यका लागी पैरबी गर्दे आएको हुुंदा नेपालको अन्धबिस्वास र कुुरीती हटाउन पहल गरेको छ। जस्तै छाउ प्रथाको अन्त्यका लागी, बाल बिबाह र समुुदायमा रहेको गलत परमपराको अन्त्यका लागी पहल गरेको छ। उहाँका अनुुसार हाल नेपालमा संबीधान ले नै अभिब्यक्ती स्वतन्त्रता,प्रेश स्वतन्त्रता तथा मौलीक हकमा जनता संगठीत हुुन पाउने अधीकार, जनताको सुुचनाको हक गोपनीयताको हकको ग्यारेन्टी गरेको अबस्थामा प्रदेश तथा स्थानीय सरकारले कानुुन बनाउदा संबीधान भन्दा बाहीर रहेर कही कतै नियन्त्रणका नाममा कानुुन बनाएर कुुण्ठीत गर्न खोजेमा त्यो सबीधान बिपरीत हुुने हुुंदा स्वतह खारेज हुन्छ। यदी भएन भने आम नागरीकको साथ सहयोग र समर्थनमा देशै भरीका सामुुदायीक रेडियो आन्दोलनमा जाने अबस्था आउछ किन भने यो आम नागरीकको चासो र सरोकारको बिषय हो।

निबर्तमान अध्यक्ष: मोहन चापागाई एकोर्याब

आवाज बिहीनका आवाजका रुपमा नेपालका सामुुदायीक रेडियोलाई लिन सकीन्छ। निमुुखा गरीब जनता मजदुुरी गरेर साझ बिहानका छाक टार्न धौ हुुने नागरीकको जिबनको अभीन्न अंग नै नेपालका सामुुदायीक रेडीयो हो। समुुदायले आफ्नो निजी सम्पत्तीलाई नाफा नकमाउने तर सामुुहीक हितमा काम गर्ने उद्धेस्य बोकेर रेडीयोका माध्यमबाट समाज परीबर्तनमा लागेका छन्।

सामुुदायीक रेडीयो प्रशारक संघका उपाध्यक्ष : अर्जुुन राई

नेपालका सामुुदायीक रेडियो प्रशारक संघले १४ औ साधारण सभाबाट आदीवासी जनजाती,महीला दलीत,मधेश तथा पछाडी परेका समुुदायकोे समस्या समाधानका लागी काम गर्ने एउटा निती बन्ने छ । र त्यही नितीका आधारमा काम गर्ने रोडम्याप बन्ने छ।बिस्व रेडीयो दिवशको अवशरमा सबल समाज निर्माणका लागी हामी सामुुदायीक रेडीयोको माध्यमबाट जनता र सरकार बिचको एउटा मध्यस्थका रुपमा सेतुुका रुपमा काम गरेका छौ। देश बिकाशका सन्दर्भमा कुुनैपनी समुुदायलाई पछाडी राखेर बिकाश सम्भब छैन।

संघ प्रदेश र स्थानीय सरकारले सामुुदायीक रेडियो प्रती खेलेको भुुमीका

बर्तमान समय नेपालका लागी कानुुन बनाउने र आबधीक योजना तर्जुुमा गरेको अबस्था छ। यही समयमा७ वटै प्रदेशमा बिभीन्न बिधेयक जस्तै प्रशारण बिधेयक, प्रेश तथा छापाखाना सम्बन्धी बिधेयकहरु हतार हतारमा बनाउने काम गरीरहेका छन्।यही अनुुरुप बिभीन्न प्रदेश ले पारीत गरेको अबस्था छ।ती बिधेयकहरु सञ्चार मैत्री नभएको कुुरा आएको छ। तर प्रदेश ५ को हकमा भने संसदबाट पारीत भएर गएको बिधेयकपनी सञ्चार मैत्री नभएको पत्रकार महासंघ प्रदेश ५ ले आपत्ती गरेपछी त्यो बिधेयक परीमार्जनका लागी फिर्ता भएर छलफलका क्रममा छ। सो बिधेयकमा रुपन्देहीका पत्रकार तथा अकोर्याबका पुुर्ब अध्यक्ष मोहन चापागाईको संयोजकत्वमा कार्यदल बनाएर सुुझाब पेश गरेको अबस्था छ। त्यसैले संघ प्रदेश तथा स्थानीय निकायले कानुुन बनाउदा जनमैत्री तथा संचार मैत्री हुुनुु आबस्यक छ। यदी मिडीया बलीयो भएमा लोकतन्त्र बलीयो हुुन्छ भन्ने कुुरा सबैमा जानकारी भएको बिषय हो। त्यसैले नियमन गर्ने बहानामा नियन्त्रण गर्ने दिशातर्फ कुुनैपनी सरकारको ध्येय हुुनुु हुुदैन।मिडीया आफैमा राज्यको चौथो अंग हो जस्ले सरकार तथा समाजको राम्रा पक्ष र नराम्रा पक्षका बारेमा जनतालाई जानकारी गराउने एउटा शसक्त माध्यम हो।बर्तमान अबस्थामा नेपाल टेलीभीजन तथा रेडीयो नेपाल पनी निकट भबीष्यमा सार्बजनीक सञ्चारमाध्यमका रुपमा परीबर्तन हुुने संघारमा आएको हुुदा प्रदेश र स्थानीय तहले मिडीया चलाउनुु उपयुुक्त हुुने छैन किनकी त्यो संचार जनमुुखी हुुन सक्दैन हिजोका दिनमा सरकारी संचार माध्यमले जनताको आवाज बोल्न नसक्दा सामुुदायीक तथा निजी संचार माध्यमको आबस्यकता परेको हो।बर्तमान अबस्थामा संचारका किसीम सार्बजनीक,सामुुदायीक र निजी गरी तिन प्रकारका संचार माध्यमको परीकल्पना गरीएको अबस्था छ।यो अबधारणा बर्तमान सरकारले ब्यबस्थीत गर्ने क्रममा छ।

समानुुपातीक बिज्ञापन निती सम्बन्धमा: महासचीब गोविन्द देबकोटा

नेपालमा लोक कल्याणकारी बिज्ञापनका नाममा कुुल बजेटको ५ प्रतीशतपनी बिधुुतीय सञ्चार माध्यममा आउन सकेको छैन यो सरकारको बिभेदकारी निती हा।े भनेर बिगत लामो समयदेखी उठेको बिषय हो। बढी भन्दा बढी सुुचना तथा आम उधोगका प्रचार सामग्री केबल काठमाण्डौ केन्द्रीत ठुुला सञ्चार माध्यमलाई प्राथमीकतामा राखेको बिदीतै छ।तर सरकारले न्युुनतम पारीश्रमीकको नाममा गर्न थालीएको कडाईले नेपालका ९९ प्रतीशत रेडीयो बन्द हुुने निश्चित छ। किनकी जब सरकारले समानुुपातीक बिज्ञापन निती लागुु गर्देन। सामुुदायीक रेडियोमा काम गर्ने सञ्चारकर्मी केवल स्वयसेबी रुपमा काम गर्नुु परेको बाध्यता छ। र सामुुदायीक रेडीयो प्रशारक संघले सिआईएनको नबौ बार्षीक उत्सबका अबशरमा ३५ हजार स्वयसेबी पत्रकार बनाउने अभीयानमा छ। जो समाजमा अन्य काम गरी बचेको समयमा बिभीनन क्षेत्रका बिज्ञले रेडीयोमा समय उपलब्ध गराई समाजलाई दिशानिर्देस गर्नेछन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले श्रमजीवि पत्रकारलाई तलव दिँदा न्यूनतम तोकिएको पारिश्रमिक बैँकमार्फत भूक्तानी दिनुपर्ने र त्यसको बैँक स्टेटमेन्ट सूचना विभागमा बुझाउनुपर्ने बाध्यकारी व्यवस्थालाई देशभरका सामुदायिक रेडियोहरूले पालन गर्न नसक्ने जानकारी लिखित रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई गराइएको छ ।

बिज्ञापनमा सम्बन्धमा

नेपालमा बिज्ञापन सरकारी तथा निजी गरेर करीब १० अर्बको तथ्यांक रहेपनी आजसम्मसामुुदायीक रेडीयोले पाउन सकेको छैन। पाएको लोक कल्याणकारी बिज्ञापन रोयल्टी,ईजाजत नबीकरण र राजस्वमा बुुझउन पनी प्रयाप्त नभएकाले एक अर्ब भएमात्र नेपालका सामुुदायीक रेडीयो धान्ने अबस्था रहेको छ।

निष्कर्ष

सङ्घीय संरचनासहितको व्यवस्था कार्यान्वयनको पक्षमा वकालत गरेका सञ्चार माध्यमलाई नियन्त्रण र बन्द गर्ने मनसायका साथ केही प्रदेश सरकार र स्थानीय तहले जारी गरेका प्रसारण सम्बन्धी कानुनका विषयमा समेत सामुदायिक रेडियो प्रसारक सङ्घको गम्भीर ध्यानाकर्षण भएको छ । संविधानको प्रस्तावनामा पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता व्यक्त गरिएको छ।नेपालको संविधान २०७२ को धारा १९ ले सवै जनसमुदायको सञ्चारको हक स्थापित गरेको छ । नेपालको सञ्चार नीति २०७२ ले सामुदायिक रेडियोहरूलाई विधिवत रूपमा मान्यता दिएको छ र सामुदायिक रेडियोहरू स्वतन्त्र र साझा सञ्चार माध्यामका रूपमा स्थापित भएका छन् । लोकतान्त्रीक मुलुकमा स्वतन्त्र सञ्चार माध्यम लोकतन्त्र सम्वर्धनको अचुक माध्याम हो। यसरी समाजका बिभीन्न आयाममा नेपाली सञ्चार माध्यमले हरेक परीबर्तनमा गरेको भुुमीकालाई राज्यले सम्ममान गर्न आबस्यक रहेको छ। केही सञ्चार माध्यमले गरेको कामलाई एउटै डालोमा राखेर बिष्लेशण गरीएमा त्यो अन्याय पुुर्ण हुुनेछ। यही बिषयमा सामुुदायीक रेडीयो प्रशारक संघले बिष्व रेडीयो दिबशका अवशरमा बिज्ञ समुुह बनाई छलफल गरेको छ। र बाकी २ दिन फाुुन २ र ३ गते सामुुदायीक रेडियो प्रशारक संघले आगामी दिनमा के कस्ता अभीयानबाट समाज र सरकारलाई जोड्ने र बिसंगती हटाउन सकीन्छ भनेर एउटा ठोस कार्यदिशा सहीत आफ्नो १४ औ साधारण सभालाई मुुर्त रुप दिने प्रयासमा छ।

मिलन गाहा
केन्द्रीय सदस्य सामुुदायीक रेडीयो प्रशारक संघ

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस