टिप्पर संचालन स्वरोजगार संगै चुनौती

मिलन गाहा

बुटवल । तिनाउ गाउँपालीकामा बिगत ७ बर्षदेखी खानी सञ्चालनमा आएको हो । सो खानी सञ्चालन पछी दोभानबासीको आम्दानीको श्रोत भने बलियो बनेको छ । जस्का कारण जिबीको पार्जनमा पनि सहज वातावरण बनेको छ । खानी संचालन भएदेखी दोभानबाट अधीकांश युुवामा हुुने बिदेश पलायन रोकिएको एआर एम सप्लायर्सका राम थापाको भनाई छ । आफुु पनि बिदेशमा धेरै चक्कर काटेपछी हाल खानी सञ्चालन पछी यही आफ्नै भुुमीमा आफ्नो परिवार संग रमाएको उनको भनाई छ । तिनाउ गाउँपालीकाको वडा न १,३,६, मा खानी सञ्चालनमा रहेका छन् । खानी सञ्चालन पछी दोभान गाउँपालीकामा बार्षीक ८ लाखका दरले लिएको खानीबाट आम्दानी भएको र हाल बार्षीक एक करोड राजस्व संकलन हुुने तिनाउ गाउँपालीकाका अध्यक्ष ओम घर्ती मगरले जानकारी दिनुुभयो । हाल हरेक ट्रान्सपोर्टको काममा र टिप्परमा स्थानीय युुवालाई स्वरोजगार सहज माध्यम बनेको छ । दोभानका अधीकांश अन्य ब्यबसाय छोडेर हाल टिप्परमा लगानी गर्ने प्रचलन बढे्को छ । अन्य क्षेत्रमा भन्दा आम्दानीको सहज वाताबरण भएपछी यो क्षेत्रमा आकर्षण बढेको हो । टिप्पर चालक सह चालक र ट्रान्सपोर्ट गरी सयौ युुवालाई रोजगारीको वाताबरण सृजना भएको छ । हाल १६ वटा ट्रान्सपोर्ट सञ्चालनमा रहेका छन् । टिप्पर सञ्चालनको लगानीमा विभिन्न सरकारी तथा गैर सरकारी जागीरमा संम्लग्न भएकाले समेत यस क्षेत्रमा लगानी गरेका छन । अझै पनि पाल्पाको बिभिन्न ठाउँमा खानी सञ्चालन हुुने तयारीमा रहेको छ । टिप्पर चालकको पनी महीनाको आम्दानी आकर्षक भएका कारण चालकको परिवार राम्ररी धानिएको अबस्था छ । बिगतमा दोभानबासीको आम्दानीको श्रोत कृषी र बैदेसीक रोजगार थियो भने हाल खानी सञ्चालन पछी समस्या टार्नका लागी निकै सहज भएको स्थानीय दोभानबासीको भनाई छ । हाल बर्खाको समयमा भने ४ महीना बन्द हुुँदा दैनिक २१ लाख आम्दानीमा कमी आउने टिप्पर सञ्चालक हरुको भनाई छ ।

टिप्परका कारण भएका केही नकारात्मक पक्षहरु

बिगत केही बर्षयता पाल्पाका विभिन्न ठाउँमा खानी सञ्चालन पछि टिप्परको संख्यामा ह्वात्तै बृद्धी भएपछी टिप्पर आतंक पनी उत्तीकै बढेको छ । जसका कारण आम नागरिकले सडक प्रयोग गर्दा त्रसीत बन्नुु पर्ने बाध्यता छ । यो आर्थिक बर्षको जेष्ठ मसान्तसम्म टिप्पर दुुर्घटनाका कारण ज्यान गुुमाउनेको संख्या बुुटवल र आसपासमा मात्रै ५ पुुगेको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरीको तथ्यांकमा देखीएपनी टिप्परका कारण ज्यान गुुमाउनेको संख्या र घाईते हुुनेको संख्या अधिक रहेको छ ।

टिप्परले जेब्रा क्रसीङमा बाटो काट्ने पैदल यात्रुुलाई होस या सडकमा चलेका कुुनै पनि साना तथा ठुुला सवारी साधन होस आखाँ चिम्लेर ट्राफिक नियमको समेत उललंघन गरी हुुईकाउने प्रवृत्तीले गर्दा सडक प्रयोगकर्ता आतंकीत बन्नुु परेको छ । ट्रिप अनुसारको भत्ता पाईने हुुँदा तिब्र गतीमा चालकले कुुदाउने गर्दछन । जसका कारण दुुर्घटना बढेको ट्राफिकको भनाई छ । शहरी क्षेत्रमा अहिलेसम्म ट्राफिक प्रहरीको तर्फबाट नियन्त्रणका लागी कुुनैपनी संम्यन्त्र नभएको प्रहरीको भनाई छ । तिब्र गतीमा चलाउँदा भएका घटनामा संमलग्नलाई प्रहरीले कार्बाही त गरेकै छ तर घटना भने सोचेको जस्तो कम हुुन सकेको छैन । सवारी साधनको गती नियन्त्रण गर्ने र ब्यबस्थीत गर्ने कुुनै प्रबिधि र आवश्यक मेनपावर पनि नभएको कारण दुुर्घटना न्युुनीकरण हुुन नसकेको ट्राफिक प्रहरीको भनाई छ । सडकमा अनगिन्ती सवारी साधन मानव चाप र पार्कीङ्गको अभाब सडकमा गरीने पार्कीङ्ग ,नगरपालीका जस्ता स्थानीय निकाय र सरोकारवाला निकायले यथेष्ट ध्यान पुुर्याउन नसक्दा जस्ता कुुरा मात्रै नभएर हाम्रा सेरोफेरोमा बनेका सडकको अबस्था लगाएतका बिषय दुुर्घटनाका कारक तत्व बनेको छ । अर्को तर्फ पैदल यात्रुु पनि जेब्रा क्रस भन्दा अन्य ठाउँबाट बाटो काट्ने ट्राफीक चेतनाको कमी र स्वय हेलचेक्याईका कारण दिनानुु दिन दुुर्घटनामा बृद्धी भएको छ । ट्रिपका आधारमा महीना भरीमा राम्रै आम्दानी हुुने भएकाले पनि टिप्पर तिब्र गतीमा चलाउने गरीन्छ । अहिले टिप्परलाई आम नागरिकले यमराजको संज्ञा दिएको पाईन्छ । यसरी सडक प्रयागे गर्ने पैदल यात्रुुले जेब्राको सही प्रयोग होस या सवारी साधन आ-आफ्नो लेन प्रयोग गराउन सकेमा र शहरी क्षेत्रमा गती नियन्त्रण गर्न र क्षमता भन्दा बढी भार बोक्नेलाई कार्बाही गर्ने र निरुत्साहीत गर्न सकेमा सडकको दिगोपना र दुुर्घटनाबाट आम नागरीकलाई जोगाउन सकीने र क्षती न्युुनीकरण गर्न सकिन्छ । यसमा सम्बन्धीत निकायको समयमै ध्यान जान जरुरी देखीन्छ । सडकमा प्रहरी बस्ने भन्दापनी आजको युुग विधि र प्रबिधि मैत्री बन्न सके र बनाउन सकेमा दुुर्घटना न्युुनीकरण गर्न सम्भब देखीन्छ ।

खानी संचालनमा स्थानीय निकाय भूमिका बिहीन

मुुलुुकमा नेपालको संबीधान २०७२ लागुु भएपछि संघीय संरचनामा गएको भनेर निकै प्रचारमा भएपनि यसको ब्यबहारीक कार्यान्वयनको पक्ष भने अझैपनी अन्यौलको अबस्थामा रहेको केही उदाहरण स्थानीय निकायको भनाई बाट प्रस्ट हुुन्छ । दोभान तथा विभिन्न ठाउँमा हाल संचालनमा रहेका खानी सञ्चालनका लागी खानी बिभागबाट प्रत्यक्ष स्वीकृती लिएपछि खानी सञ्चालन गर्न सक्छन । तर यो बिषयमा तिनाउ गाउँपालीकाका अध्यक्षको भने गुुनासो रहेको छ । खानी विभागबाट काम हुुने भएपछि स्थानीय निकायको त्यसमा कुुनै भुुमिका नहुुने तिनाउ गाउँपालीकाका अध्यक्ष ओम घर्ती मगरको भनाई छ। खानी विभागबाट स्विकृती लिएपछि अन्तमा औपचारकताका लागी मात्र गाउपालीका संग अनुुमती लिने गरेको उहाँको गुुनासो छ । अबका दिनमा स्थानीय निकायलाई नै ब्यबस्थीत बनाउन र बलियो बनाउनका लागी स्थानीय तहका हरेक अधिकार प्रदान गरेमात्र यथार्थ संघीयताको अर्थ र ब्यबहारीक कार्यानवयन गराउँन सकेमा स्थानीय बिकास सम्भब हुुने घर्तीको भनाई छ । तर गाउँपालीकाको राजस्व भन्दा पनि अहीले संघीय सरकारलाई १० प्रतिशत बुुझाउँदै आएपनि अबका दिनमा प्रदेश सरकारले २५ प्रतिशत र स्थानीयले २५  संघीय सरकारले ५० प्रतीशत कर लिने ब्यबस्था गरीएको छ । हाल एक टनको ६० रुपैया कर तिर्नुुपर्ने प्राबधान रहेको भएपनी अझैपनी स्थानीय निकायको भुुमीका के कती भन्ने कुुरामा अस्पष्ट रहेको छ । जस्ले गर्दा स्थानीय निकायको राजस्वमा समेत प्रभाब परेको जनप्रतिनिधिको भनाई छ ।

खानी सञ्चालन पछि विकास निर्माण-स्थानीयको पहुुँचबजार सम्म

खानी सञ्चालन भएदेखी कल्पना नगरेका ठाउँहरुमा समेत बाटोको सहज पहुुँच सृजना भएको छ । खानीका लागी बनाइएको बाटो सयौ घर धुुरीले प्रयोगमा ल्याउँदा त्यहाँको कृषीजन्य उत्पादीत बस्तुुहरु बजारसम्म ल्याउन सहज भएका कारण कृषकहरु लाभान्बीत भएका छन् । यातायात नहुुँदा त्यहाँ उत्पादीत बस्तुु त्यसै कुुहीएर जाने गर्दथ्यो । हाल सडक निर्माण भएपछि यो समस्या समाधान भएको स्थानीयको भनाई छ । बर्षभरी बर्षायाम बाहेक ८ महीनासम्म टिप्पर सञ्चालन हुुने गर्दछन । कुुनै समयका लागी टिप्पर यमराज भएपनि गाउँले नागरिकलाई भने एम्बुुलेन्सको रुपमा समेत काम गरेको छ । ग्रामीण भेगमा नियमित यातायात नभएका कारण सहज यातायात सुुविधाका लागी टिप्परले गाउँका नागरिकका लागी महत्वपुुर्ण भुुमिका निर्वाह गरेका छन । टिप्परलाई यमराजको रुपमा भन्दापपनि एम्बुुलेन्सका रुपमा हेर्नका लागी आम नागरिकले चासो देखाएका छन । सम्बन्धीत निकायले पनि यसको ब्यबस्थापन कुुनै स्वार्थ बिना गर्न सकेमा ट्राफीक ब्यबस्थापनले नागरिकको ज्यानको रक्षा गर्न र मर्यादीत ढंगबाट ब्यबसाय सञ्चालन गर्न सहज हुुने थियो । सञ्चारका माध्यमले पनी घटना भईसकेपछि भन्दापनि पहीले सावधानीका लागी ब्यबसायीक हित र आम नागरिकको हितमा निस्वार्थ रुपमा आफ्नो भुुमिका निर्बाह गर्नुुपर्ने आवस्यकता देखीन्छ । तर बजार क्षेत्रमा टिप्पर सञ्चालन र यसको गतीलाई भने सम्बन्धीत निकायले नियन्त्रण गर्न भने जरुरी छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस