न आफु रहे न धन ……………………..!

नारायण वली

बुटवल । मुलुकलाई नै परिवर्तन गर्ने सपना बोकेर जनयुद्धमा होमीएका सल्यानका ३७ बर्षिय टेक बहादुर वली आजातले मुलुकमा आएको परिवर्तन त देखे । तर उनको जिवनमा परिवर्तन कहिल्यै आएन, उनी अभावै अभावमा बाचे, उनको छातीमा टेकेर केही मानिसहरु सिंहदवारको सिहासनमा छिरे र मोज गरे तर उनलाई उपचार खर्च समेत जुटेन । त्यही परिवर्तनकारी योद्धाले बिहिबारदेखि सदाकालागी यो धर्तिबाट विदा भए ।
१२ बर्षे जनयुद्धका क्रममा यो मुलुकमा परिवर्तन ल्याउनु पर्छ भन्ने उद्देश्यले जनमुक्ति सेनामा काम गरेका उनी परिवर्तनका थुप्रै मोर्चामा संघर्ष गर्दै विभिन्न लडाई लड्दै कम्पनी कमाण्डर सम्म बने । तर उनलाई के थाहाँ आफु जिवन र मरणको दोसाधमा भएका बेला,आफुले योगदान पुरायको पार्टीले समेत हेर्दैन भन्ने ।

आजाद म्याग्दीको वेनीमा भएको घटनामा घाइते बनेका एक पात्र हुँन । उनको छातीमा छर्रा लागे पछि उनको मुटुको भल्वमा चोट लागेको रहेछ । तर उपचारकालागी स्रोत जुट्न सकेत । आफुले परिवर्तनकालागी लडेको पार्टी सरकारमा भएका बेला आफ्नो उपचारमा सघाउ हुन्छ भन्ने आशामा रहेका उनलाई त्यतीबेला पनि सहयोग भएन । पार्टीबाट आशा मारेपछि उनी पीडासहेरै बाचेका थिए पिडा बढ्दै गएपछि गत फागुन महिनामा आफ्न्तको सहयोग चंन्दा संकलन र आफ्नो सम्पति बेचेको रकम जम्मा गरि उनलाई भारतको लखनउमा लगि मुलुको भल्वको अप्रेसन गरिएको थियो । तर उनी उपचार गराएको केही समयमै सदाकालागी विदा भए ।

कति रकम खर्चे उपचारमा  ?

उनी युद्धमा घाइते र्भपछि उपचार गराउन नसकी बसि रहेका थिए । उनलाई भेट्न पार्टीका सबै मानिसहरु घरमा जान्थे तर मोवाइलमा सेल्फी खिचेर मात्र फर्कन्थे ।
उनको पीडा झनझन बढ्दै थियो । बेलामा सहन नसक्ने दुखाईले ग्रस्त भएका आजातको उपचारमा अहिले सम्म करिव १५ लाख भन्दा बढी रुपैयाँ लागेको परिवारका सदस्य धुर्वराज वलीले बताए । सहयोग, चन्दा ,सम्पति बेचेको र ऋण गरी १५ लाख भन्दा बढी लागेको उनको भनाई छ । तर अहिले उनको धन धन – ज्यान ज्यान भयो । न आफु रहे न धन ।

अयोग्य हुदै घर पर्के :

छातीमा छर्रा लागेपछि दुखाईको पीडाबाट पनि सहेर क्यान्टुनमेन्टमा बसेका उनी शान्ति सम्झौता पश्चात सेना समायोजनका बेला क्यान्टुनमेन्टमा हतियार बुझाएर छर्रालागेकै कारण अयोग्य घर फर्केका थिए । आजातलाई छार्रा लागेकै कारण दैनिक जसो शाररिक अबस्था खस्किदै गयो स्वास्थ्य अबस्था प्रति पार्टीबाट कसैले वास्ता नगरेको पुर्व जनमुक्ति सेना आजातका साइला अंकल खगेश्वर वलीले बताए ।

जेलको पीडा सहन नसकेर जनयुद्धमा :

सल्यानमा जन्मिएका आजात जीवनको ठुलो लक्ष्य बोकेर अध्ययनका लागि राजधानी हिडेका थिए । उनीमा कम्युनिष्ट विचार झागिदै गयो । सानै देखि लगनशील र मेहनती स्वभाबका आजात अन्यायका बिरुद्ध आवाज उठाउने एक शाहसिक व्यक्ति रहेको उनका कान्छा अंकल लोकमान वलीको बुझाइ छ । पढ्न गएकाबेला जनयुद्धको माहोल चर्किदै गयो त्यहि क्रममा कलेज बाट उसलाई तत्कालिन शाही नेपाली सेनाले हेलिकप्टरमा सल्यान ल्याइ जेल हाल्यो । जेलको पीडा सहन नसकेर माओबादी जनयुद्धमा होमिन पुगेको अंकलको बुझाइ छ ।

परिवारमा बिचल्ली :

साउन २८ गते बिहीबार सदाकालागी यो धर्ती छाडेर गएका ३७ बर्षिय टेक बहादुर वली आजातको घरमा विरक्त छ । उनको काज क्रिया गराउन समेत आर्थिक समस्या छ । श्रीमान गुमाएको पीडामा भावविहल बनेकी उनकी श्रीमती भन्छिन–“जनयुद्धका बेला जीवन त्याग गरेर हिड्नु भएका मेरा स्वर्गीय श्रीमानले आफ्नो लागि त केहि गर्नु भएन तर आज मेरो श्रीमानले पार्टीकालागी जति संघर्ष गरेपनि केही भएन । अहिलेत पार्टी पनि अर्को पार्टीमा विलय भएको छ रे । उनको परिवारमा  ११ बर्षका एक छोरा र १८ र १६ बर्षका २ छोरी अनी श्रीमती छन । आजात मात्रै होईन माओवादी पार्टीमा परिवर्तनको सपना बोकेर हिडेका धेरै घाईते अपाङ्गहरुको पीडा यस्तै दुख दायी छ, कथाहरु मर्मस्पर्सी छन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस