मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

दाङ । दाङको देउखुरीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तरगत लमही नगरपालिका–९ रिहारमा शनिबार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । घोराहीबाट नेपालगञ्ज जाँदै गरेको रा ३ प ११३१ नम्बरको मोटरसाइकललाई रिहारमा पश्चिमबाट पूर्वतिर आउँदै गरेको ना ६ ख ३४०३ नम्वरको ट्रकले ठक्कर दिँदा मोटरसाईकल दुर्घटनामा परेको थियो । दुर्घटनामा मोटरसाईलमा सवार दुई जना घाईते भएका थिए । घाइते मध्य नेपालगञ्ज उपमहानगरपालिका ४...

पुरा पढ्नुहोस
आईटिएफ तेक्वान्दो: रोल्पा शाखा सम्मानित

दाङ । आईटिएफ तेक्वान्दोको रोल्पा शाखा बर्ष उत्कृष्ट शाखाका रुपमा सम्मानित भएको छ । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको २२ औँ केन्द्रीय बार्षिक उत्सवका रुपमा बुधबार काठमाडौँमा आईटिएफ तेक्वान्दोको रोल्पा शाखा बर्ष उत्कृष्ट शाखाका रुपमा सम्मानित भएको हो । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष अञ्जन धमलाको अध्यक्षता तथा पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले ‘वेष्ट एशोसियशन अवार्ड अफ इयर–२०१९’ बाट रोल्पा जिल्ला...

पुरा पढ्नुहोस
ओझेलमा परेको चमेरे गुफा

दाङ । प्रचारप्रसारसँगै गुफासम्म पुग्नका लागि बाटो नहुदा रोल्पामा रहेको एक गुफा ओझेलमा परेको छ । पर्यटकिय सम्भावना बोकेको रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नं. ५ को दुम्लापानी भित्ता सामुदायिक वन क्षेत्रमा रहेको ऐतिहासिक महत्व बोकेको चमेरे गुफा ओझेल परेको हो । धौलाबाङ गाउँदेखि करिव एक घण्टाको दुरीमा रहेको गुफाको ऐतिहासिक महत्वसँगै भित्रमा भिन्न देविदेवताहरुको आकृतिहरु देखिन्छ । घना जंगलको बिचमा रहेको गुफाको प्रचारप्रसारसँगै गुफासम्म पुग्नका लागि बाटो नहुँदा पर्यटकिय...

पुरा पढ्नुहोस
एक बर्षमा २३ सय १६ युनिट रगत संकलन

दाङ । दाङमा एक बर्षको अवधिमा दुई हजार तीन सय १६ युनिट ब्लड संकलन भएको छ । रक्त सञ्चार केन्द्र घोराहीद्धारा सञ्चालिक ब्लड बैंकमा गतबर्षको साउनदेखि हालसम्म दुई हजार तीन सय १६ जना मानिसबाट उक्त ब्लड संकलन भएको हो । ब्लड दिनेमा सबैभन्दा धेरै पुरुषहरु रहेका छन । एक हजार आठ सय ८० पटक पुरुष र चार सय ३६ पटक महिलाहरुले रक्तदान गरेको रक्त सञ्चार केन्द्र घोराहीका प्राविधिक ठाकुर पौडेलले...

पुरा पढ्नुहोस
पत्रे खोला पुलः पाँच बर्षमा दुई पिलर

दाङ । ठेकेदारको लापरवार्हीका कारण दाङमा डेढ बर्षमा निर्माण हुनुपर्ने पक्की पुल पाँच बर्ष वितिसक्दा समेत निर्माण हुन सकेको छैन् । घोराही–तुलसीपुर सडकखण्डमा अन्तर्गत पत्रे खोलामा पक्की पुल निर्माणको काम विगत पाँच बर्षदेखि अलपत्र अवस्थामा छ । ४० मिटर लम्बाई रहेको पुल एक बर्ष आठ महिना वितिसक्दा समेत आधा काम समेत हुन सकेको छैन । डेढ बर्षमा पुल निर्माण गरिसक्ने गरि शंकरमाली निर्माण सेवासँग डिभिजन सडक कार्यालय घोराहीले २०७१ भदौ ११...

पुरा पढ्नुहोस
मार्शल आर्ट हाप्किडोको प्रदेशस्तरिय सेमिनारको तयारी पुरा

दाङ । प्रदेश स्तरिय मार्शल आर्ट्स हाप्किडो सेमिनारको तयारी पुरा भएको छ । यहि साउन १० र ११ गते घोराही उपमहानगरपालिका–१४ कभर्ड हल शिवमन्दिरमा हुनगईरहेको सेमिनारको तयारी पुरा भएको आयोजक मार्शल आर्टस हाप्किडो संघ दाङले जनाएको छ । जिल्ला मार्शल आर्ट्स हाप्किडो संघको आयोजनामा हुन गैरहेको उक्त सेमिनारमा विभिन्न जिल्लाबाट प्रशिक्षक, खेलाडीहरू आउने क्रम भैरहेको आयोजक समितिका संयोजक तथा दाङ जिल्ला मार्शल आर्ट्स हाप्किडो संघका अधक्ष्य भुवन बुढा मगरले जानकारी...

पुरा पढ्नुहोस
नौ हेक्टर जमीनमा १५ हजार बिरुवा

दाङ । दाङमा बगरलाई वनको रुपमा विकास गर्न वृक्षारोपण अभियान थालिएको छ । डिभिजन वन कार्यालयले यस बर्ष बगरलाई वन बनाउने कार्यलाई अभियानकै रुपमा अघि बढाएको हो । डिभिजन वन कार्यालय दाङले स्थानीय सामुदायिक वन समूहको अग्रसरतामा स्थानीय सरकारलाई समेत सहभागी गराएर वृक्षारोपण अभियान थालिएको डिभिजन वन कार्यालय दाङका डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले जानकारी दिएका छन । उनका अनुसार या बर्ष धेरै स्थानमा तारबार सहित वृक्षरोपण गरिएका कारण विरुवा संरक्षण...

पुरा पढ्नुहोस
पोखरीमा डुबेर ३ महिलाको मृत्यु

दाङ । दाङको घोराहीमा नुहाउने क्रममा पोखरीमा डुबेर तीन जना महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका–१८ कटुवाखोलाको छेउमा खनिएको पोखरीमा नुहाउने क्रममा डुबेर तीन जना महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१८ सालघारी निवासी १६ बर्षीया अमृता बिक, सोही ठाउँ निवासी १९ बर्षीया झरना बिक र घोराही उपमहानगरपालिका–१८ अम्वापुर निवासी १९ बर्षीया बसन्ता बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक...

पुरा पढ्नुहोस
स्मार्ट कृषि गाउँ: एक घर पाँच बिरुवा

दाङ । दाङको एउटा स्मार्ट कृषि गाउँमा एक हजार बढि फलफुलका बिरुवाहरु रोपिएको छ । स्मार्ट गाउँमा एक घर पाँच बिरुवा कार्यक्रम अन्तर्गत घोराही उपमहानगरपालिका–८ र १० अन्तर्गत रहेको धोवघाट–स्यानीगाउँ स्मार्ट गाउँमा बिरुवा रोपिएको हो । गाउँमा तरकारी र बसन्ते मकैसँगै फलफुलमा आत्मनिर्भर बनाउने उद्देश्यले यो पटक विभिन्न प्रजातिका एक हजार बढि बिरुवा रोपिएको छ । आँप, अनार, कागती,अमलालगायतका एक हजार तीन सय फलफुलका बिरुवा गाउँमा रोपिएको स्मार्ट कृषि गाउँ...

पुरा पढ्नुहोस
समयमै पुल नबन्दा बर्षेनी सास्ती

दाङ । जिल्लाको घोराही–तुलसीपुर तथा लमही घोराही सडक खण्डमा समयमै पुल बन्न नसक्दा खोलाहरुमा सावरी साधन र नागरिकहरुले बर्षेनी सास्ती पाउने गरेका छन । लमही–घोराही हुँदै तुलसीपुर सडक अन्तर्गत आधा दर्जन खोलाहरुमा पुल निर्माणको काम सुरु भएपनि लामो समयसम्म पुल बन्न नसक्दा बर्षादको समयमा सवारी साधन र पैदलयात्रुहरुले दु.ख पाउने गरेका छन । पुल निर्माणमा सम्वन्धीत निकायले ध्यान नदिँदा दुई बर्षमा निर्माण गरिसक्नुपर्ने पुलहरु पाँच बर्ष वितिसक्दा समेत निर्माण सम्पन्न...

पुरा पढ्नुहोस